ललितपुर- किशोरीलाई रोजगारीमा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती यौनधन्दामा सामेल गराउने २ जना होटल सञ्चालक ललितपुरबाट पक्राउ परेका छन्।
ललितपुर-२, सानेपास्थित हेमकुमारी सिलवालको घरमा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालन गर्दै आएका रामेछापको खाडादेबी गाउँपालिका-५ स्थायी घर भएका वर्ष ३० का सुजन कार्की र सोही गाउँपालिकाको वडा नम्बर ४ घर भएका वर्ष २४ का रामचन्द्र कार्की पक्राउ परेका महानगरीय प्रहरी परिसरका ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।
विभिन्न जिल्लामा बसोबास गर्ने किशोरीहरुलाई काममा लगाइदिन्छु भन्ने प्रलाोभनमा पारी सोही रेष्टुरेण्टमा ल्याई शारीरिक सम्पर्क तथा करणी गर्न बाध्य गराई मानव बेचबिखन ओसारपसार तथा वेश्यावृति गराएको आरोपमा सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको चन्दले जानकारी दिए।
सो क्रममा रेष्टुरेण्टबाट ४ जना किशोरीको समेत उद्धार गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।