काठमाडौं- कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। समूह सीअन्तर्गत समूह विजेता र उपविजेताको टुंगो लागेसँगै प्रतियोगिताको शीर्ष ८ टोली तय भएको हो।
मंगलबार बिहान भएको खेलमा उरुग्वेले चिलीलाई पराजित गरेको छ।
समूह ‘सी’अन्तर्गत भएको लिगको अन्तिम खेलमा चिली उरूग्वेसँग १–० गोल अन्तरले पराजित भयो। चिलीको जितमा एडिन्सन काभानीले खेलको ८२औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो।
योसँगै उरूग्वे समूह विजेता भन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। उरुग्वेसँग पराजित भएको चिली पनि समूह उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।
यसै समूहको अर्को खेलमा जापान र इक्वेडरले १–१ गोलको बराबरी खेलेका छन्।
समूह सीको खेलसँगै कोपा अमेरिकाको समूह चरणको खेल सकिएको छ। समूह चरण पार गर्दै उरुग्वे, चिली, ब्राजिल, अर्जेन्टिना, पाराग्वे, भेनेजुला, पेरु र कोलम्बियाले क्वार्टरफाइनलको यात्रा तय गरेका छन्। पाराग्वे र पेरु उत्कृष्ट ३ मध्ये २ मा पर्दै क्वार्टरफाइनल प्रवेश गरे।
क्वार्टरफाइनलमा ब्राजिललर् पाराग्वेसँग र अर्जेन्टिनाले भेनेजुयलाको सामाना गर्नेछ। यस्तै कोलम्बियाले चिलीको सामना गर्दा उरुग्वेले पेरुसँग भिड्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।