काठमाडौं- पुस २८ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बटरफ्लाई’को शीर्ष गीत सार्वजनिक भएको छ। चलचित्रको यसअघि नै आइसकेको ‘म गाउँदिनँ अब गीत गजल’ बोलको गीत युट्युबमा १४ लाखभन्दा बढी पटक हेरिसकिएको छ।
सुरज लामिछानेको शब्द तथा युवराज चौलागाईंको स्वरमा रहेको स्याड भर्सनको शीर्ष गीतमा विकास चौधरीले संगीत भरेका छन्। चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन अधिकारी देखिएको उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।
आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरवीर पण्डित, मोहन निरौला लगायतको अभिनय रहेको ‘बटरफ्लाई’को निर्देशन ओम प्रतीक गुरुङले गरेका हुन्। फिल्मको छायांकन सुरेश बज्राचार्यले गरेका हुन् भने सम्पादन अर्जुन जिसी र मन्दिल श्रेष्ठले गरेका हुन्।
फिल्मका निर्माता रमेश प्रजापति र सह-निर्माता सरोज शाह र मन्दिल श्रेष्ठ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।