• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपथ्यको पहिलो गीत 'आँगनैभरि’ भिडियोमा

64x64
नेपाल लाइभ बिहीबार, पुस १३, २०७४  १८:३८
1140x725

काठमाडौं- २५ वर्षे उत्सव मनाइरहेको नेपथ्यले म्युजिक भिडियो रिलिज गर्ने क्रममा ब्यान्डकै पहिलो गीत छनोट गरेको छ। ब्यान्डको पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे, आरुफूल है टिपी राखे है’ लाई भिडियोको नयाँ आवरणमा ल्याएको हो।

यो गीत नेपथ्यको सांगीतिक जीवनमा सबैभन्दा पहिले रेकर्ड हुनुका साथै पहिलो एल्बमकै पहिलो गीतका रुपमा प्रस्तुत भएको थियो। पहिलो एल्बम सन् १९९३ को अप्रिल १ तारिखमा रिलिज भएको आधारमा त्यसै दिनलाई नेपथ्यको स्थापना दिवस पनि मानिएको छ।

नब्बेको दशकको सुरुवातमा पोखराका तीन तन्नेरी दीपकजंग राणा, भीम पुन र अमृत गुरुङको प्रयासबाट नेपथ्य ब्यान्डको जग हालिएको थियो। त्यसपछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङले यो टोलीसँग सहकार्य गरेपछि नेपथ्यको पहिलो एल्बम जन्मिएको थियो।

‘नब्बेको दशक प्रारम्भमा यस गीतका शब्दहरु केलाउँदै मैले र दिपकले संगीत भर्ने कोशिस गर्दाका क्षण म अहिले पनि सम्झन्छु,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत भन्छन्, ‘पछि रेकर्ड हुँदा यसमा स्वर चाहिँ रविनले दिएका थिए।’ 

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वटा स्वर्णिम वर्षहरु बिताइसकेको छ । त्यस क्रममा ब्यान्डले २१ जना संगीतकर्मीहरु उसका सदस्यका रुपमा भित्र्याउने र विदा गरिसकेको छ।

‘यो म्युजिक भिडियो २५ वर्ष लामो यात्रामा ब्यान्डलाई योगदान दिने तमाम सदस्यहरुप्रति आभार प्रकट गर्ने माध्यम पनि बनेको छ,’ नेपथ्यलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भिडियोमा उनीहरु सबैलाई सम्झने कोसिस गरिएको छ।’

यो भिडियो नेपथ्यको वर्तमान टोलीले प्रस्तुत गर्दाको प्रत्यक्ष रेकर्डमा आधारित छ। बुटवलमा २०७३ फागुन १४ मा नेपथ्यको कन्सर्टका बेला गाइएको आवाज नै यसमा प्रयोग गरिएको हो। त्यसैगरी दृश्यहरु पनि बुटवलको कालिका स्कुल, काठमाडौंको टुँडिखेल र पोखराको रंगशालामा कन्सर्ट गर्दाका क्षणबाट लिइएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

‘पहिलो एल्बमका निम्ति खिचिएका तस्बिरहरु हेर्दा म यो गीत रिलिज गर्ने क्षणहरु सम्झन पुग्छु जसले मलाई यो उमेरसम्मको लामो यात्रामा आइपुग्दाका प्रारम्भिक दिनहरुको सम्झना गराउँछ,’ अमृत भन्छन्, ‘त्यतिबेला २५ वर्षे ठिटो अहिले ५० पुग्नै लागेको छु । उमेरसँगै कपाल खरानी रंगमा परिणत हुँदै गएका छन्। यसरी सबैथोक फेरिँदा पनि हामीलाई मन पराइदिने श्रोता-दर्शक चाहिँ सदैव उस्तैगरी जहाँको त्यहीँ रहिरहेको, अझ वृद्धि हुँदै गएको देख्दा एक किसिमको अनुगृहित हुन पुगिँदोरहेछ। उहाँहरुको साथ रसहयोग नभइदिएको भए हामीले यति लामो यात्रा तय गर्नै सक्दैन थियौं ।’

नेपथ्यले रजत वर्ष मनाउन थालेदेखि नै आफ्ना हरेक कन्सर्टमा नबिराई यो गीतलाई प्रस्तुत गर्दै आएको छ। त्यसैगरी ब्यान्डले जसै यो गीत गाउन सुरुगर्छ त्यसै क्षण एउटा ठट्टा पनि गरिदिन्छ।

‘२५ वर्ष बूढो गीत पो हो यो,’ गायक अमृतले भनिदिन्छन्, ‘यो कन्सर्टमा उपस्थित हुनुभएका धेरैलाई हेर्दा तपाईंहरु त यो गीत आएको बेलामा जन्मिनु पनि भएको थिएन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अमृतले यसो भनेपछि उपस्थित श्रोता-दर्शकहरु माझ हाँसो फैलिनुका साथै आफ्नो प्रिय गीत सुन्नका निम्ति ताली बज्न थालिहाल्छ।

यो गीत जसरी नयाँ श्रोताहरुको निम्ति नयाँ गीत हो, त्यसैगरि अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम ।कन्सर्टहरुमा चालिस आसपासका श्रोता, मुख्यतः महिला श्रोताहरु प्रायः गायकसँगै साथमा साथ मिलाएर गाइरहेका देखिन्छन्।

‘नेपथ्यको २५ वर्षे लामो यात्रामा साथ र सहयोग दिने सबै प्रतिभाशाली सहकर्मी र साथीहरुलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु,’ अमृत भन्छन्, ‘हामीलाई सदैब साथ र हौसलादिँदै आउनुभएका तमाम श्रोताहरु प्रति पनि आभारी छौं।’

श्रोता-दर्शकका शुभकामना र ब्यान्डका वर्तमान सदस्यहरुको प्रतिबद्धताले नेपथ्यलाई नेपाली संगीतको फाँटमा उत्तिकै लगनशीलताका साथ अघि बढ्न ऊर्जा मिलिरहेको अमृतबताउँछन्।

नेपथ्यमा यतिबेला अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन्।
 

प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्