काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) विप्लव समूहका सर्लाही इन्चार्ज मारिएको घटनाको छानबिन गर्न संसदीय समितिको निर्देशन, प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई एक साताको समयसीमा
२) बुढीगण्डकी आयोजना गेजुवा कम्पनीलाई दिई नसकेको ऊर्जामन्त्री पुनको भनाइ, विकासको खाका तयार गर्न मात्र मन्त्रालयलाई अख्तियारी दिइएको स्पष्ट
३) वैदेशिक रोजगारका क्रममा कोमामा रहेका नेपालीलाई उपचार गर्न नेपाल ल्याइने, कार्यदल गठनको तयारी
४) गौतमबुद्ध रंगशाला निर्माणमा प्रदेश सरकारको ५ करोड सहयोग, भरतपुर महानगर र वडा कार्यालय पनि रकम विनियोजनको तयारीमा
५) र, धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदन भारतद्वारा अस्वीकार, कुनै पनि देशलाई आफ्नो रेकर्डको आलोचना गर्ने अधिकार नभएको तर्क ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।