काठमाडाैं- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विश्वमा जलश्रोतमा नेपाल दोश्रो धनी भन्ने कुरामा सत्यता नरहेको धारणा राखेका छन्।
सोमबार संसदमा बोल्दै मन्त्री पुनले नेपाल जलश्रोतमा विश्वकै धनी रहेको कुरा झुटो रहेको बताएका हुन्।
‘माननीय सदस्यहरुलाई म दुईवटा जानकारी दिन्छु, विश्वमा हामी जलश्रोतमा दोश्रो धनी भन्ने गर्छौं त्यो सत्यता होइन। अरु देशहरु नै छन्। त्यसैगरी मुलुकभर ६ हजार नदीनाला भनिएकोमा हाम्रो प्रारम्भिक अध्ययनले २३ हजार नदीनाला रहेको देखिएको छ,’ संसदमा बोल्दै मन्त्री पुनले भने।
हाल सबै नदी बेसिनहरुको अध्ययनको काम भईरहेको र दुई वर्षभित्रै टुङ्ग्याईने लक्ष्य रहेको उनको भनाई छ।
यो अध्ययनपछि नेपालमा जलश्रोतको वास्तविक अवस्था थाहा हुने उनको भनाइ छ।
बाग्मती र पश्चिम सेतीको बेसिन प्लान सम्पन्न भईसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।