काठमाडौं– जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली लाइसेन्स बनाउने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१४, पिपराका २८ वर्षीय सन्तोष राउत कुर्मी छन्।
उनलाई नक्कली लाइसेन्स १ थानसहित पक्राउ गरिएको पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनी विगत केही समयदेखि नककली स्मार्ट लाइसेन्स बनाउँदै आएको प्रहरीले जनाएको छ।
त्यसैगरी पर्सा प्रहरीले भन्सार छलेर र ओभरलोड सामान बोक्ने ट्रकहरु नियन्त्रणमा लिएको छ। ग१ख ६८५९ नम्बरको ट्रकले भन्सार छलेर मरिच तस्करी गरेको सूचना पाइएपछि आइतबार नियन्त्रणमा लिइएको हो। उक्त ट्रकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कलैया पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै सिमेन्ट बनाउने कच्चा पदार्थ क्लिंकर भारतबाट खरिद गरी भन्सारको पत्रभन्दा बढी तौल लिएर आएको अवस्थामा ६ वटा ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त ट्रकहरुलाई पनि कारबाहीका लागि पथलैया पठाइएको पर्सा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।