काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीबाट फर्किएर सरल कर्जाका लागि छनोट भएका १९ हजार युवाहरुलाई केही समयभित्रै सरल कर्जा उपलब्ध गराउने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा अधिकांश सांसदहरुले वैदेशिक रोजगारीबाट फर्किएर सरल कर्जाका लागि फारम भरेका युवाहरुले सो कर्जा नपाएको सम्बन्धी प्रश्न राखेका थिए।
तिनै प्रश्नलाई सम्बोधन गर्ने क्रममा मन्त्री विष्टले अबको केही दिनमा नै सबै युवाहरुले सरल कर्जा प्राप्त गर्ने बताएका हुन्।
मन्त्री विष्टले भने, ‘हामीले १९ हजार युवालाई सरल कर्जाका लागि सिफारिस गरेर पठाइसकेका छौं,' अबको केही दिनमा नै ति युवाहरुलाई 'क' वर्गका वाणिज्य बैंकमार्फत सरल कर्जा उपलब्ध गराइने छ।’
वैदेशिक रोजगारीबाट फर्किएका १८ हजार ७ सयभन्दा बढी युवाहरुलाई सरल कर्जाका लागि बोर्डले सिफारिस गरेको छ।
सरल कर्जाका लागि सिफारिस भएका १८ हजार बढी युवाहरुमध्ये १ दर्जन युवाहरुले पनि सरल कर्जा पाउन सकेका छैनन्। (फाइल तस्बिर)
यो पनिः
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै आन्तरिक रोजगारीलाई प्राथमिकता : मन्त्री विष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।