काठमाडौं– युुट्युब मार्फत् सार्वजनिक फिल्म ‘ठेकीमा दही’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । एक महिना पूरा हुनुअघि नै गीतलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको छ। कमेडी शैलीको डान्सिङ नम्बर भएकै कारण गीतलाई रुचाइएको निर्माण पक्षको दाबी छ । गीतमा फिल्मका तीन मुख्य पात्र केकी अधिकारी, राजाराम पौडेल र अंकित खड्का छन्।
गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका हुन् । राजन इशानको एरेञ्ज छ । यम थापाको लेखन निर्देशनमा बनेको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।