काठमाडौं–काठमाडौं– राष्ट्रिय सभा बिधेयकसम्बन्धि विवादले नयाँ सरकार गठन अवरुद्ध भइरहेका बेला नेकपा(एमाले)ले स्थायी कमिटि बैठक बोलाएको छ। बिहिबार दिउसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक सुरु भएको छ।
बैठकमा प्रदेशसभाका समानुपातिक सांसद चयनको बारेमा समेत छलफल हुने एक नेताले बताए। त्यस्तै माओवादी केन्द्रसँगको पार्टी एकीकरण, नयाँ सरकार गठन लगायतका एजेण्डाहरु छन्।
पार्टी एकता र नयाँ सरकार गठनबारे ओलीले बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए। प्रचण्डसँग छलफल भएलगत्तै पार्टीको रणनीति तय गर्न उनले बैठक बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।