काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान बस्ने भएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भोलि बिहान ८ बजेका लागि बालुवाटारमा बैठक डाकेका हुन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नराम्रो पराजय भोगेको कांग्रेसले बैठकमा निर्वाचन परिणामको समीक्षा र राजनीतिक गतिरोधबारे छलफल गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।