काठमाडौं- नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन्।
संघको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए। भलिबल खेलप्रति विशेष लगाव भएका सुवेदी विद्यार्थीकाल देखि नै यस खेलमा संलग्न छन्।
नियुक्तिपछि सुवेदीले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने अभियानलाई आफूले उच्च प्राथिमकतामा राखेको सुवेदी बताउँछन्।
अहिलेसम्मको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खाले अनुभवको भरपूर सदुपयोग गर्दै भलिबल खेलको विकासमा समर्पित रहने सुवेदीले प्रतिबद्धता जनाए।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ 'ए वान'को गभर्नरको कार्यकाल सफलतापूर्वक पूरा गरेका सुवेदी मानवअधिकारवादी तथा सामाजिक कार्यकर्ताको रुपमा सुपरिचित छन्। व्यवस्थापनमा स्नातक सुवेदी राजधानीको गोकर्णेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।