जलेश्वर- महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ। एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरियामा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो।
गाडीको ठक्करबाट निजको मृत्यु भएता पनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताए।
रायको शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।