काठमाडौं– नामकै कारण २ वर्ष अघिदेखि सेन्सर विवादमा फसेको चलचित्र ‘गाँजा बाजा’ अन्ततः रिलिज हुने पक्का भएको छ। आउँदो फागुन २५ मा फिल्म अल नेपाल रिलिज गर्ने निर्माण पक्षले जानकारी गराएको छ। डिआर फिल्मस्ले प्रेस विज्ञप्ति जारी गरेर रिलिज टेड सार्वजनिक गरेको हो।
रिलिज डेटसँगै ‘गाँजा बाजा’को ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको गीतको भिडियो पनि सार्वजनिक भएको छ। निख एन्ड जटाको संगीत रहेको गीतमा जटावेदा बेनर्जीको स्वर छ।
गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘गाँजा बाजा’मा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायत कलाकारको अभिनय देख्न सकिनेछ।
जाकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको चलचित्र निर्माणमा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापाले संयुक्त लगानी गरेका छन् ।
गीतको भिडियो हेर्नुहोस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।