काठमाडौं- शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमती करडोरको जग्गाको मुआब्जा दिन भू-माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गरेका छन्।
आईतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भने, 'बागमतीको जग्गाको मुआब्जा दिन भू माफियाहरु २ पटक मन्त्रालयमा नै आएर आर्थिक प्रलोभन देखाए।'
मन्त्री राईले आर्थिक प्रलोभन दिने व्यक्ति भन्ने खुलाएनन्।
भू-माफियाहरु सहित निर्वाचित जनप्रतिनिधिहरुले समेत निर्णय सदर गरीदिनु भन्दै आएको उनको जिकीर थियो।
मन्त्री राईले कानूनी जटिलताका कारण बागमती मुआब्जा दिन नसकेको पनि बताए।
मुआब्जा दिनुपर्ने भनिएको ६ सय १४ रोपनी जग्गामध्ये ४ सय २६ रोपनीको मुआब्जा वितरण भइसकेको तर १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।