वीरगंज- गर्मीसँगै तराई-मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ।
केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका बिरामी पनि ह्वात्तै बढेका छन्।
पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तीमा १० जना सर्पले टोकेका बिरामी उपचारका लागि पुग्ने गरेका छन्।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पर्सा ,बारा, रौतहट लगायतका जिल्लाबाट उपचारका लागि बिरामी आउने गरेको अस्पतालले जनाएको छ।
सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालका इमरजेन्सी इन्चार्ज डाक्टर सुनिल कुमार द्विवेदीले बताए।
सर्पले टोकेलगत्तै अस्पताल पुर्याएका केही बिरामी बाहेक अन्य उपचारपछि सकुशल घर फर्किने गरेका छन्।
विषालु सर्पले टोकेकालाई भने लामो समय अस्पतालमा राख्ने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।