काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेखिरहेको बताएका छन्।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौ स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले आफू एक सय वर्ष पुग्न लागेकाले सो महाकाव्य प्रकाशनमा ल्याउने जानकारी दिए। उनी केही वर्षअघिदेखि 'ऋतम्भरा' महाकाव्य लेखिरहेका छन्।
उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उनीहरुको सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए।
महासंघका कार्यवाहक अध्यक्ष मदनदास श्रेष्ठले राष्ट्रकविले देखाएको मार्गनिर्देशनलाई परिवार, समाज र राज्यको सबै निकायले अनुशरण गर्नुपर्ने सुझाव दिए। उनले ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गरी समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिए।
अहिले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको र देशका ६५ जिल्लामा सञ्जाल विस्तार भएको बताइएको छ । २०६८ पुस १२ गते महसंघ स्थापना भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।