काठमाडौं- ऐतिहासिकता नबिगारी रानीपोखरी पुनर्निर्माणको माग राख्दै कांग्रसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजअगाडि प्रदर्शन गरेको छ।
बिहानै कलेज परिसरमा भेला भएका विद्यार्थीले महानगरपालिकाले आधुनिकताको नाममा मौलिक संरचना र ऐतिहासिकता मेट्न खोजेको आरोप लगाए।
भूकम्पपछि क्षति पुगेको रानीपोखरीको भौतिक संरचना पुनर्निर्माणमा महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद बढ्दै गएपछि मंगलबारदेखि पुनर्निर्माण अवरुद्ध छ। विद्यार्थीले उपमेयर खड्गीको पक्षमा प्रदर्शन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।