जनकपुर- प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारको आन्तरिक समस्या समाधान गर्न महासंघले नै सक्रिय हुनुपर्ने बताएका छन्।
आइतबार स्थानीय एक पत्रिकाको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले पत्रकारहरुको विभिन्न किसिमका आन्तरिक समस्यालाई समाधान गर्न महासँघले उचित सुझबुझका साथै पत्रकारको गरिमा बचाई मनोबल उच्च राख्ने काम गर्नुपर्ने बताएका हुन्।
कमी कमजोरी हरेक क्षेत्रमा हुने भएकोले पत्रकारहरुको छनौट तथा मूल्यांकन सही तवरले हुनुपर्ने धारणा समेत राखे।
त्यस्तै सोही कार्यक्रममा प्रदेश २ का विपक्षी दल काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले पत्रकारलाई निष्पक्ष रुपमा कलम चलाउन आग्रह गरे।
प्रदेश सभा सदस्य राम अशिष यादवले पत्रकारको आलोचना गर्नुभन्दा पनि उनीहरुको हक हितमा बोलिदिने कोही नभएको बताए।
उनले पत्रकारहरुको बिमा, सुरक्षा तथा न्युनतम पारिश्रमिकका बिषयमा कसैको ध्यान केन्द्रित हुन नसकिरहेको प्रति चिन्ता व्यक्त गरे।
दुधमति साप्ताहिक पत्रिकाले प्रत्येक वर्ष झै यस वर्ष पनि दुधमति व्यवसायिक क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिलाई सम्मान समेको छ।
औषधि व्यबसायी प्रमोद अग्रवाल र पत्रकारिता सम्मानबाट पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झा सम्मानित भएका हुन्।
कार्यक्रममा पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।