पर्वत- पर्वत जिल्ला महाशिला गाउँपालिका-५ लुङ्खुदेउरालीको देउरालीभिरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अन्य ४ यात्रु समेत घाइते भएका छन्। अन्य एक यात्रीको भने सकुशल उद्धार गरिएको छ।
मत्यु हुनेमा पर्वत जिल्ला महाशिला-३ बस्ने ५० वर्षीय कृष्णगोपाल गुरुङरहेका छन्। अन्य १ जना मृतक महिलाको भने सनाखत हुन बाँकी छ।
सदरमुकाम कुश्माबाट बालकोट जाँदै गरेको ग २ च ७१२८ नम्बरको जिप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
जिपमा ७ जना सवारमध्ये २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य ४ जना घाइतेको तत्काल उद्दार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनामा १ जना भने सकुशल रहेका छन्।
घाईतेहरु
-जिप चालक जि.पर्वत पैँयु गा.पा.-७ बस्ने बर्ष-३५ को प्रविण गुरुङ ,अवश्था सिरियस पोखरा रिफर।
-जि.पर्वत महाशिला गा.पा. ३ बस्ने बर्ष-३३ को लक्ष्मी राना,पोखरा रिफर ।
-जि.पर्वत ऐ.ऐ.बस्ने वर्ष-३५ को दिपक गुरुङ , प्राथमिक स्वास्थ्य केन्द्र लुङ्खुदेउरालीमा प्राथमिक उपचार हुदैँ
-जि.पर्वत ऐ.ऐ.बस्ने बर्ष-२८ को खुम ब. गुरुङ,अवश्था मध्यम प्राथमिक स्वास्थ्य केन्द्र लुङ्खुदेउरालीमा प्राथमिक उपचार हुदैँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।