काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सरकारद्वारा गुठी विधेयक फिर्ता लिने प्रस्ताव संसदमा दर्ता, राष्ट्रियसभाका अध्यक्षको अनुमतिपछि विधिवत रुपमा विधेयक फिर्ता हुने
२) संसद्मा सांसदको भाषा ः प्रधानमन्त्री केपी ओलीलाई ’झुटप्रसाद’, कांग्रेस नेता शेरबहादुरलाई ’छेरबहादुर’
३) कृषि अनुदान अब बैंकिङ प्रणालीबाट मात्रै हुने कृषिमन्त्री खनालको भनाई, अनुदान कार्यविधिमा एकरुपता ल्याउने तयारी
४) कोपा अमेरिकाको क्वार्टरफाइनलमा ब्राजिल र भेनेजुएला, एक बराबरी र दुई खेल जितेको ब्राजिल समूह ’ए’को शीर्ष स्थानमा
५) र, उत्तर कोरियाका नेता किमलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र, उत्कृष्ट र असाधारण भन्दै किमद्वारा प्रशंसा
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।