• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन

64x64
नेपाल लाइभ बुधबार, मंसिर २५, २०७६  ०९:३३
1140x725

काठमाडौं- सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ११ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)माथि एकैपटक अनुसन्धान अघि बढाएको छ। सम्पूर्ण वाणिज्य बैंकका प्रमुखमाथि सामान्य अनुसन्धान थालेको विभागले ११ जना सिइओमाथि भने सघन अनुसन्धान अघि बढाएको हो। 

'बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीमाथि विभागको यसअघिदेखि नै निगरानी गरिरहेका थियौँ, त्यसमध्ये ११ जनाको विस्तृत अनुसन्धान अघि बढाइएको छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो। सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहत ल्याइएपछि यसले सक्रियता बढाउँदै लगेको छ। 

बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्दा अनियमितिता गर्ने र गलत तरिकाबाट लाभ उठाउने गरेको गुनासो आएपछि विभागले साउनमा वाणिज्य बैंकको ऋण शाखामा काम गर्ने उच्चस्तरका कर्मचारी र सिइओको विवरण संकलन गरेको थियो। त्यसपछि निरन्तर यो विषयमा अनुसन्धान अघि बढाइएको र गहन विषय फेला परेका ती ११ जानमाथि भने विस्तृत अनुसन्धान अघि बढाइएको स्रोतले जानकारी दिएको छ। 

सम्पत्ती शुद्धीकरणको अनुसन्धानको दायरामा नेपाल बैंकर्स संघकै पदाधिकारी रहिसकेकादेखि नयाँ बैंकरहरु परेका छन्। उनीहरुले कर्जा प्रवाह गर्दा गलत मनसाय राखेको देखिएको स्रोतले दावी गरेको छ। 'हामी अनुसन्धानकै क्रममा छौँ, पुरानादेखि नयाँ सिइओहरुलाई अनुसन्धानको दायरामा ल्याइएको छ,' स्रोतले नेपाल लाइभसँग भन्यो। 

सबैभन्दा बलियो सुपरीवेक्षण र नियमनको दायरामा रहेको बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो पदीय दायित्व र जिम्मेवारीको दुरुपयोग गर्दै कमसल धितोमा ऋण दिने, ऋणीसँग अनुचित लाभ लिने र कर्जा दुरुपयोगसमेत गरेको प्रमाणहरु भेटिएको अनुसन्धानबाट खुलेको स्रोतले दावी गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सम्पत्ती शुद्धीकरणले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुमाथि एकैपटक ठूलो संख्यामा अनुसन्धान अघि बढाएको यो पहिलोपटक हो। सम्पत्ती शुद्धीकरण निवारणमा नेपालले गरेको प्रगतिको समीक्षा हुन अब केही महिना बाँकी छ। नेपालमा गैरकानुनी सम्पत्तीको उपयोगबाट गलत क्रियाकलाप हुन रोक्ने महत्वपूर्ण जिम्मेवारी पाएको विभागले त्यसअघि नै केही महत्वपूर्ण क्षेत्रमा अनुसन्धान अघि बढाएको हो। 

बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सम्पत्तीमा अस्वाभाविक वृद्धि देखिएपछि पनि अनुसन्धान अघि बढाइएको स्रोतको दावी छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलबमाथि अर्थमन्त्री डा युवराज खतिवडाले पनि असन्तुष्टि जनाएका थिए। 

यसरी संकलन गरिएको थियो विवरण
विभागले बैंक तथा वित्तीय संस्थाबाट सम्पत्ति शुद्धीकरणको दृष्टिकोणमा जोखिमयुक्त क्षेत्रमा ऋण प्रवाह भइरहेको आशंकमा सम्पूर्ण बैंकका कर्जा शाखामा काम गर्ने उच्च अधिकृतहरु र सिइओको विवरण संकलन गरेको थियो। नेपालमा सम्पत्ति शुद्धीकरणका लागि जोखिमपूर्ण मानिएको घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुबाट अधिक ऋण प्रवाह भएको र त्यस्तो ऋण प्रवाह गर्दा जोखिमको उपयुक्त मूल्यांकन नभएको विभागको आशंका छ। 

Xtrem
Xtrem

बैंक तथा वित्तीय संस्थाले खराब धितोमा ऋण प्रवाह गरी अवैध कारोबारलाई वैध बनाउन सहयोग गरेको आशंकामा  विभागले अनुसन्धान अघि बढाएको हो। नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाइ तथा विभागबीच भएको छलफलमा सम्पत्ती शुद्धीकरणमा सहयोग पुग्ने गरी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह भइरहेको विषयले प्रवेश पाएपछि विभागले सबैको विवरण खोजेको हो। 

बैंकहरुले ऋण दिएका ठूला फाइलको अनुसन्धानपछि विभागले सिइओहरुमाथि सघन अनुसन्धान अघि बढाएको अनुसन्धानमा संलग्न रहेका अधिकारीहरुले बताएका छन्। गैरकानुनीरुपमा नेपाल आउने रकम आतंकवादी गतिविधिमा परिचालन नभए पनि घरजग्गा, सुन कारोबार र थोरै मात्रामा सेयर बजारमा प्रयोग भइरहेको आशंकामा विभागले ती क्षेत्रमाथि निगरानी बढाइसकेको छ। सम्पत्ती शुद्धीकरणले बैंकहरुमाथि ठूला मुद्दा भने अहिलेसम्म चलाएको छैन। 

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा सोमबार, असोज २६, २०८३
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्