गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ काे एक १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई जिल्ला अदालतले मंगलबार १० वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ।
_x000D__x000D_
जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो।
_x000D__x000D_
दण्ड सजाय पाउने चारै जनाको उमेर १५ देखि १८ वर्ष रहेको छ। १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ।
_x000D__x000D_
१५ वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो।
_x000D__x000D_
विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए।
_x000D__x000D_
बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो।
_x000D__x000D_
एक जना अझै फरार रहेका छन्। रासस
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।