काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा कुनै पनि उजुरी दर्ता भएनन्। मंगलबारसम्म घिमिरेको कार्य सम्पादनविरुद्ध कुनै उजुरी नपरेको समितिमा सचिव धुव्र घिमिरेले बताए।
मंगलबार बसेको सुनुवाइ समितिको बैठकले उनको अनुमोदन सम्बन्धी निर्णयका लागि संसदिय सुनुवाइ बिहीबार (असोज ४ गते) तय गरेको उनले बताए।
संवैधानिक परिषदले गत भदौ २० गते आयोगको प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको थियो। संवैधानिक अंगका प्रमुखको संवैधानिक परिषदले गरेको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
समितिले भदौ २३ गतेदेखि असोज १ गतेसम्म १० दिनको समायवधि राखेर उजुरी आह्वान गरेको थियो।
समितिले दिएको १० दिनको मसयावधि सोमबार सकिएको छ। उनीविरुद्ध उजुरी नपेरकाले सिधै सुनुवाइको प्रक्रिया सुरु हुने सचिव घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।