• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको दाबी : एमसीसीको प्रक्रिया अघि बढाउने नेताहरू नै अहिले विरोधमा उत्रिए

64x64
नेपाल लाइभ बुधबार, फागुन ४, २०७८  १८:५२
1140x725

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग अनुदान सम्झौता गर्ने प्रक्रियाका विभिन्न चरणमा हाल विरोध गर्ने सबै नेताहरु नै निर्णय प्रक्रियामा संलग्न हुँदै आएको दाबी सरकारको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसले गरेको छ। 

नेकपा माओबादीबाट सरकारको नेतृत्व डा बाबुराम भट्टराईले गर्दा (२०६८–२०६९) एमसीसीको औपचारिक प्रक्रिया सुरु भएको थियो। तर, यसबारे कुराकानीको सुरुआत भने त्यसअघि नै झलनाथ खनाल प्रधानमन्त्री हुँदा भएको थियो। हाल, जनता समाजवादीमा रहेका भट्टराई भने एमसीसीको पक्षमा छन्। भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि सुरु भएको एमसीसी सम्झौता प्रक्रियामा नेपालका सबजसो दलहरू र नेतृत्व प्रत्यक्ष रुपमा सहभागी भएको कांग्रेसको दाबी छ। तथापि, ती नेताहरु आफू संलग्न मन्त्रिपरिषद्‌मा एमसीसी सम्बन्धी कुनै निर्णय नभएको दाबी गर्छन्। 

तत्कालीन माओवादी नेतृत्वमा बनेको सरकारमा प्रधानमन्त्री डा भट्टराई थिए। उक्त सरकारमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री थिए। श्रेष्ठ एमसीसीको चर्को विरोध गर्ने नेतामध्ये एक हुन्। एमसीसीमा रहेका नेपालका अहित हुने प्रावधान संशोधन गरेर मात्रै संसद्‌बाट पारित हुनुपर्ने उनको जोड छ। संसद्‌मा बुधबार एमसीसी टेबल हुने तयारी हुने आशंकामा उनी पनि सडकमा ओर्लिएका थिए।

भट्टराईपछि सरकारको नेतृत्वमा आइपुगे खिलराज रेग्मी। रेग्मी नेतृत्वको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराएपछि कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्री बने। अर्थमन्त्री थिए डा रामशरण महत। एमसीसीका लागि तत्कालीन समयमा पनि विभिन्न कार्य भएका थिए। सोही समयमा एमसीसीले कम्प्याक्टका लागि नेपाल छनोट भएको जानकारी गराएको थियो।

पूर्वसचिव कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि संयोजक तोकियो भने अर्थमन्त्री महतको संयोजकत्वमा निर्देशक समिति गठन गरियो। कोइराला नेतृत्वको सरकारले सम्भावित आयोजना अध्ययन गर्नका लागि अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौता गरेको थियो।

Ncell 2
Ncell 2

एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा उपप्रधानमन्त्रीहरु थिए– एमालेकै नेता भीम रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा, राष्ट्रिय जनमोर्चा पार्टीका चित्रबहादुर केसी र नेकपा मालेका सीपी मैनाली। यी सबै नेता हाल एमसीसीको चर्को विरोधी हुन्। 

ओली नेतृत्वको सरकारका पालामा एमसीसीसँग मुख्यत तीन कार्य भएका थिए। एमाले नेता विष्णु पौडेल अर्थमन्त्री थिए। कम्प्याक्टको मस्यौदा तयार गर्ने र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता सम्झौता स्वीकार्ने सम्झौता भएको थियो।

एमसीसी कार्यक्रमको तयारीका लागि सोही समयमा एक अर्ब १३ करोड रकम स्वीकारिएको थियो। ओली सरकारले कम्प्याक्ट कार्यक्रम तयार गर्ने कार्यका लागि राष्ट्रिय संयोजकका रुपमा सूर्यप्रसाद आचार्यलाई नियुक्त गरेको थियो। सोही मन्त्रिपरिषद्‌मा रहेका एमाले नेता रावल आफू उपप्रधानमन्त्री हुँदा एमसीसी सम्बन्धी कुनै पनि प्रस्ताव मन्त्रिपरिषद्‌मा नआएको र निर्णय नभएको दाबी गर्छन्। हालका सभामुख अग्निप्रसाद सापकोटा माओवादीबाट उक्त समयमा मन्त्री थिए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको सरकारले अनुदान प्राप्त गर्न वार्ता टोली गठन गरेको थियो। अर्थमन्त्री थिए कृष्णबहादुर महरा। गत निर्वाचनपछि महरा सभामुख बने। उनी एमसीसी संसद्‌मा पेस गर्ने पक्षमा थिएनन्। तत्कालीन प्रधानमन्त्री ओली र सभामुखबीच एमसीसी संसद्‌मा पेस गर्ने विषयमा चरम विवाद देखिएको थियो। 

एमसीसीको हस्ताक्षर गर्ने समयमा कांग्रेस नेतृत्वको सरकार थियो। २०७४ को निर्वाचनअघि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनामा हस्ताक्षर गरे। शेरबहादुर देउवा नेतृत्वको उक्त सरकारले अनुदान स्वीकार गर्ने र सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रीलाई स्विकृति दिएको थियो।

२०७५ को वैशाखमा एमसीसीबाट प्राप्त अनुदानलाई निर्धारित लक्ष्य हासिल गर्नेगरी सञ्चालन र कार्यान्वयन गर्नका लागि एमसीए–नेपाल गठन गर्ने ओली सरकारले निर्णय गरेको थियो। सम्झौतामा हस्ताक्षर भएको २ वर्षपछि २०७६ असोज १२ मा परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर पनि नेकपाकै सरकारले गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत बताउँछन्।

२०७५ माघ २५ गतेको मन्त्रिपरिषद्को बैठकले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने निर्णय गरेको थियो। ओली सरकारले २०७६ असार ३० गते अनुमोदनका लागि संसद्‌मा एमसीसी सम्झौता दर्ता गराएको थियो। आफ्नै सरकारले दर्ता गराएको प्रस्तावमा एमाले यतिबेला मौन छ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ)
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो
सम्बन्धित सामग्री
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ । शनिबार, पुस २६, २०८२
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन र निर्वाचनसँग सम्बन्... शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो पार्टीको समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएपछि असन्तुष्ट बनेका महिला नेतृहरूले सूचीप्रति आपत्ति जनाउँदै पार्टी कार्यालयमै आमरण अ... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक शनिबार, पुस २६, २०८२
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्