• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राजनीतिमा आउन कलाकारहरूको दौडधुप

64x64
युवराज भट्टराई बुधबार, मंसिर १५, २०७८  १८:३१
1140x725

काठमाडौं– नेकपा (एमाले)को महाधिवेशन मंसिर १० मा चितवनको भरतपुरमा सुरु हुँदा कलाकार एकनारायण भण्डारीको ‘राम्रो नेपालमा हाम्रो एमाले’ बोलको गीत सार्वजनिक भयो। यो गीतमा उनको रचना र संगीत छ। गीतको सम्मान स्वरुप उनले अध्यक्ष केपी ओलीबाट प्रमाणपत्र पाए। तर, उनको राजनीतिक आस्था भने एमाले होइन।

एमालेले २०७४ सालको निर्वाचनको बेला प्रचारमा ल्याएको ‘मै पनि एमाले, सही पनि एमाले’ गीतको शब्द र संगीत पनि एकनारायणकै हो। यो गीत बद्री पंगेनी र प्रिया भण्डारीले गाएका थिए। एकनारायण भण्डारी राजनीतिक रूपमा नेपाली कांग्रेसप्रति आस्था राख्छन्।

अहिले देशका मुख्य पार्टीहरुको महाधिवेशनको माहोल छ। एमालेको महाधिवेशन मंगलबार सकिएको छ। राप्रपाको महाधिवेशन बुधबार काठमाडौँमा सुरु भएको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि हुँदैछ। माओवादीको राष्ट्रिय सम्मेलन पनि अर्को महिना हुँदैछ। एकनारायणले झैँ कतिपय कलाकारले पार्टी महाधिवेशनमा आफ्नो कला मात्र प्रस्तुत गरेका छैनन्, बरु ‘राजनीतिक अनुहार’ पनि देखाइरहेका छन्।

राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वली एमाले केन्द्रीय सदस्य नै बनेकी छन्। रेडियो नेपालको जागिर छाडेपछि २०७३ सालमा राप्रपा प्रवेश गरेकी वली एक वर्ष नपुग्दै एमालेतिर लागेकी थिइन्। राप्रपा विभाजन उनको एमाले प्रवेशको कारण बनेको थियो।

उनलाई २०७४ सालको प्रतिनिधि सभा निर्माचानमा दाङ क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनाउने एमाले नेताहरुले आश्वासन दिएका थिए। तर, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएकी थिइन्। 

चितवन महाधिवेशनबाट एमाले केन्द्रिय सदस्य भएपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मलाई सर्वसम्मत केन्द्रिय सदस्यमा मनोनयन गर्नु भएकोमा श्रद्धेय अध्यक्ष केपी ओलीज्यू, नेतागणलगायत प्रतिनिधिज्यूहरूलाई आदर र धन्यवाद व्यक्त गर्दछु। तपाईंहरुको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्दछु।’

चितवनको एमाले महाधिवेशनमा देखिएका अर्का कलाकार हुन् वैकुण्ठ महत। उनी ‘मै पनि एमाले, सही पनि एमाले’का निर्माता र ‘राम्रो नेपालमा हाम्रो एमाले’ गीतका गायक हुन्। एमालेनिकट रहेका उनले पनि पछिल्लो गीतका लागि चितवन महाधिवेशनमा एमाले अध्यक्ष ओलीबाट प्रमाणपत्र पाएका थिए। 

उता कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राई भने पराजित भएकी छन्। उनी इलाम क्षेत्र नं २ बाट जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार थिइन्। राई इलामका कांग्रेस नेता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन्। यसपटक ‘युवापुस्तामा राजनीति आउनुपर्ने’ भन्दै सक्रिय हुन खोजेकी थिइन्। तर, सक्रिय राजनीतिमा आउने उनको चाहनामा ‘ब्रेक’ लागको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अभिनेता रोज राणा भने प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। चलचित्र निर्माता संघका महासचिवसमेत रहेका उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। रोज प्युठानका क्षेत्रीय सभापति पनि हुन्। उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका हुन्।

अभिनेत्री रेखा थापा राप्रपाको राजनीतिमा सक्रिय छिन्। बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशन प्रतिनिधि पनि हुन्। अध्यक्षमा राजेन्द्र लिङदेनलाई जिताउने अभियानमा रहेकी रेखा आफैँ पनि केन्द्रीय सदस्यको आकांक्षी हुन्। उनी सामाजिक सञ्जालदेखि पार्टीकै कार्यक्रममा पनि लिङदेनका लागि भोट माग्नमा व्यस्त छिन्। 

२०७० सालमा माओवादी केन्द्र प्रवेश गरेर उनले आफ्नो राजनीतिक जीवन सुरु गरेकी थिइन्। ‘म सानैदेखि अलि क्रान्तिकारी, अग्रगामी सोच भएको युवती थिएँ’, भन्दै माओवादी केन्द्र प्रवेश गरेकी रेखाले सिंहदरबार घेराउ कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाचेर चर्चा कमाएकी थिइन्। उनलाई माओवादीले पर्सा–१ बाट चुनावमा उठाउने चर्चा पनि थियो। तर, उनको मतदाता नामावलीमा नामै नभएपछि उनको चर्चा सेलाएको थियो।

प्रचण्डसँगको निकटता र माओवादीसँगको राजनीतिक यात्रा त्यसको तीन वर्षपछि टुंगियो। २०७३ मंसिर २७ मा उनी तत्कालीन राप्रपा नेपाल प्रवेश गरिन्। राप्रपा नेपाल प्रवेश गर्दा उनले भनेकी थिइन्, ‘राजनीतिलाई नजिकबाट बुझिरहेको थिएँ। म एउटा हिन्दू नारी हुँ, राष्ट्रवादी केटी हुँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अभिनेत्री करिश्मा मानन्धर पनि कलाकारिताबाट राजनीतिमा लागेकी थिइन्। अहिले भने उनी सक्रिय छैनन्। करिश्मा सुरुमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा थिइन्। हाल कुनै पार्टीमा छैनन्। तर, उनको निकटता एमाले अध्यक्ष ओलीसँग छ। केही समयअघि ओलीले गरेको फोन र उनीसँगको भेटघाटका कारण करिश्माले एमाले प्रवेश गर्न लागेको चर्चासमेत चलेको थियो। तर, त्यो चर्चालाई करिष्माले पुष्टि गरिनन्।

एमाले अध्यक्ष ओलीसँगको करिश्माको निकटता प्रतिनिधि सभा विघटनको समयमा पनि देखिएको थियो। कुनै बेला सँगै राजनीतिमा हिँडेका बाबुराम भट्टराईले ट्विटरमा ‘ओली प्रतिगमनविरुद्ध सबै जिल्लामा हुने जसपाको जनसभामा सहभागी बनौं’ भन्दै ट्विट गरेपछि करिश्मा एमाले अध्यक्ष ओलीको पक्ष र बाबुरामको विपक्षमा देखिएकी थिइन्। भट्टराईको आह्वानको विरोध गर्दै करिश्माले लेखेकी थिइन्, ‘तपाईंजस्तो पढेलेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देख्दा दुःख लाग्छ डा साब। यही हो नेपालीले पाएको गणतन्त्र? यही हो राजनीतिक संस्कार? देशको विकास कहिले हुने?’ 

सक्रिय राजनीतिमा लाग्न चाहेका अर्का कलाकार हुन् भुवन केसी। उनी दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर–१ बाट एमालेको उम्मेदवार हुने चर्चा थियो। टिकट पाउन उनले निकै दौडधुप पनि गरेका थिए। तर, सफल भएनन्। एमालेले उनलाई त्यति बेला समानुपातिक सभासदको उम्मेदवारको सूचीमा भने राखेको थियो। सभासदै हुने मौका चाहिँ पाएनन्। उनले आफू मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलादेखि नै एमालेबाट प्रभावित भएको बताउने गरेका छन्।

देशमा चुनावी माहोल तातेका बेला राजनीतिमा आउने भन्दै चर्चा चल्ने कलाकार भने धेरै छन्। तीर्थ थापा, जोगेन्द्र थापा, शिवहरी नेपाल, पशुपति शर्मा, बद्री पंगेनी, सुनिल थापा, राधिका हमाल लगायत कलाकारहरु सक्रिय राजनीतिमा आउने चर्चा बेलाबेला चल्ने गरेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्