• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-प्रचण्डले किन दिन सकेनन् एकताको प्रस्ट आधार?

64x64
नेपाल लाइभ आइतबार, वैशाख ९, २०७५  १७:२४
1140x725

काठमाडौं– प्रचारित गरिएजस्तो वैशाख ९ अर्थात् आजैको दिन पार्टी एकता नहुने भएपछि एकताको प्रस्ट आधार प्रस्तुत गर्न नेकपा एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसमा संयुक्त कार्यक्रम आयोजना गरे। तर, एकताको आधार भने प्रस्तुत गर्न सकेनन्। खासमा विवादमा रहेको भनिएको विषयलाई छिचोल्न भइरहेको प्रयासबारे उनीहरुले कार्यकर्तालाई कुनै विश्वसनीय आधार दिन सकेनन्।

कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३४ मिनेट बोलेका थिए भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मिनेट बोलेका थिए। एकताबाट फर्किने ठाउँ नभएको, एकताको विकल्प नभएको तथा विकास र समृद्धिका लागि एकता अपरिहार्य रहेको भन्नेमै उनीहरुको भाषण केन्द्रित थियो।

ब्यानरमा विवाद

एकता संयोजन समितिको आयोजनामा भएको कार्यक्रममा एमालेका तर्फबाट ब्यानर राखिएको थियो। ब्यानरमा एमाले अध्यक्ष ओलीको फोटो केही ठूलो र माओवादी अध्यक्ष दाहालको फोटो केही सानो थियो। आयोजकमा राखिएको दुई पार्टीको नाममा अगाडिपट्टि एमालेको नाम थियो। सबैभन्दा रोचक कुरा थियो– ब्यानरमा राखिएको मार्गदर्शक व्यक्तित्वहरुका फोटा।

कम्युनिस्ट पार्टीको कार्यक्रममा ब्यानरको माथिल्लो कुनामा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओका फोटा हुने गर्छन्। तर, लेनिनकै जन्म जयन्तीलाई आधारित बनाएर गरिएको कार्यक्रममा लेनिनको फोटो भने कतै थिएन। बरु नेपाल कम्युनिस्ट आन्दोलनका एक मुख्य नेता पुष्पलालका साथै एमालेका दुई प्रमुख नेताहरु मनमोहन अधिकारी र मदन भन्डारीको फोटो थियो। माओवादीका युवा कार्यकर्ता तथा विद्यार्थी नेतालाई आक्रोशित बनाउन कारण पुगिहाल्यो। उनीहरुले नाराबाजी गरे। लेनिनको फोटो चाहियो, माओको फोटो चाहियो भन्न थाले।

'हाम्रा नेताहरु कति धेरै ठूला भएका, कति धेरै महत्त्वाकांक्षी भएका', एकजना विद्यार्थीले नेपाल लाइभसँग आक्रोश पोखे, 'एकताको टुंगो गर्न नसक्ने नेताहरुले आफूहरुलाई मार्क्स र लेनिनभन्दा ठूलो ठान्न पाउँछन्?'

उनको जस्तै तर्क अरुको पनि थियो। विरोध चर्को भएपछि मञ्चमा राखिएको ब्यानर झिकियो।

यी सबै भइरहँदा झन्डै १ बजिसकेको थियो। एमालेले निम्तो गरेको १२ बजेको समय र माओवादीले प्रचारित गरेको १ बजेको समय नजिक पुग्दैगर्दा दुवै पार्टीका शीर्ष नेताहरु कार्यक्रम स्थल राष्ट्रियसभा गृह प्रवेश गरिसकेका थिए। उनीहरु भिआइपी कोठामा बसेर वार्ता गर्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

समय बित्दै गएपछि मञ्चमा कसैले गायक बद्री पंगेनीलाई लिएर गयो। उनले गीत गाएर उपस्थितलाई भुलाउने प्रयास गरे। र, पुरानो भाकामा गीत गाएर सचेत बनाए– 'प्रचण्ड र ओली, नबिर्स है त्यो बोली।' केही राष्ट्रवादी भाव झल्कने गीत गाएर उनी पनि हिँडे।

यता, मञ्चमा साना नेताहरुको दौडधुप चलिरहेको थियो। उता, सहमतिको प्रयास पनि भइरहेको थियो। माओवादीको तर्फबाट छुट्टै ब्यानर राख्ने सहमति भएपछि ३ घन्टादेखि रोकिएको कार्यक्रम सुरु हुने सम्भावना बढेको थियो।

यसैबीच, एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्क्स र लेनिनको फोटो बोकेर मञ्चमा देखापरे। उनले दुवै नेताको फ्रेमवाला फोटो ल्याएर मञ्चको अघिल्तिर कुर्सीमा बडो जतनले अड्याए। दुई फोटोमध्ये मार्क्सको फोटो केही सानो थियो। तर यस्ता कुरामा कसैले चासो लिएन।

एकछिनपछि माओवादीका तर्फबाट नयाँ ब्यानर आइपुग्यो। नयाँ ब्यानरमा ठूलो अक्षरमा 'नेपाल कम्युनिस्ट पार्टी : ६९ औं स्थापना दिवस' लेखिएको थियो भने माथिल्लो दाहिँने कुनामा पाँचजना नेताको फोटो थियो। र, पुरानो ब्यानरमा राखिएको एमालेपछिको आफ्नो नामलाई नयाँमा अगाडि ल्याएको थियो।

नयाँ ब्यानर कुनातिर टाँगियो। तर, केहीबेरमा नयाँ ब्यानरको डोरी चुँडियो। निकालिसकिएको भर्‍याङ फेरि ठड्याइयो र ब्यानर पुनः टाँगियो। तर, केहीबेर माओको फोटो नदेख्दा रिसाएका माओवादीका कार्यकर्ता अहिले भने माओ खोज्नतिर लागेनन्। कुर्सीमा बसेका मार्क्स र लेनिन हेरेरै चित्त बुझाए।

'अब पनि विवाद झिकियो भने कार्यक्रम नै हुँदैन', बाहिरभित्र गरिरहेका एकजना युवाले आफ्नो साथीलाई सुनाए, 'अब त कार्यक्रम सुरु गरे हुन्थ्यो।'

दुवै पार्टीका अध्यक्षले सम्बोधन गर्ने उक्त कार्यक्रम तोकिएको समयभन्दा झन्डै ४ घन्टा ढिलो सुरु भयो।

प्रचण्डको प्रयत्न

प्रचण्डले मुख्यगरी एकताको विकल्प नभएको विचार व्यक्त गरे। एकताको विकल्प छैन, हामी एकतातर्फ अगाडि बढिसकेका छौं, विवादित भनिएको विषयमा छिटो सहमति गरेर एकता गर्नुपर्ने जस्ता विषयमा उनी केन्द्रित भए। जनताको विकास र समृद्धिको चाहना पूरा गर्न दुई पार्टी एक हुनै पर्ने धारणा व्यक्त गरे। उनले केही विषय मिल्न बाँकी रहेकाले त्यसलाई मिलाएर एकता हुने बताए। ऐतिहासिकदेखि भविष्यसम्मको प्रभावको हिसाबको एकताको आवश्यकता बोध गराउन खोजे।

सुरुवातमा वाम तालमेल मात्रै गरेर जाने कि भनेर कुरा सुरु भएको तर तालमेलले मात्रै राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न नसकिने, कम्युनिस्ट आन्दोलनको भविष्यलाई सुनिश्चित गर्न नसकिने र राष्ट्रको एकतालाई सुदृढ गर्न नसकिने बुझेर एकतातर्फ अघि बढेको उनले बताए।

'केपीजी र मैले हस्ताक्षर गरेर पार्टी एकता गर्ने भनेका छौं', प्रचण्डले भने, 'अब मैले र केपीजीले दायाँबायाँ गर्‍यौं भने जनताले छुट दिनेवाला छैनन्। कोही कम्युनिस्टले छुट दिने अवस्था छैन।'

प्रचण्डले पार्टी एकताको प्रक्रिया बिग्रन नखोजेकोमा पनि आश्वस्त बनाउन खोजे। तर विषयवस्तु अझै नमिलिसकेको भने उनले संकेत दिए। एकताको नाममा सबैचिज छाडेर एकता गर्न तयार नभएको र आज हुने भनिएको एकता हुन नसक्नुमा पनि त्यस्तै कारणले भूमिका खेलेको उनको भाषणको अर्थ लाग्न सक्थ्यो। 'एकतालाई हतारमा होइन, परिपक्व ढंगले अघि बढाउनेमा हाम्रो ध्यान छ', उनले भने। परिपक्व भइसकेका र हुनुपर्ने विषय केके हुन्, प्रचण्ड त्यतातिर जान चाहेनन्।

उनले हल्ला गरेर होइन, अकस्मात एकता हुनसक्ने बताए। गत असोज १७ मा जसरी आकस्मिक वाम तालमेलको घोषणा गरिएको थियो, त्यसैगरी एकता हुनसक्ने उनले बताए। 'अब हल्ला भएको दिन होइन, थाहा नभएको दिन ड्याम्मै पार्टी एकता हुन्छ।'

ओलीको बोली

केपी शर्मा ओलीले आफ्नो भाषणको सुरुवातदेखि नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास खोतले। कम्युनिस्ट पार्टीमाथि लगाइएको बन्देजदेखि संविधान कार्यान्वयनमा कम्युनिस्ट पार्टीले देखाएको सक्रियताको चर्चा गरे। विभिन्न कम्युनिस्ट नेताको भूमिकालाई सम्झिने प्रयास गरे। करिब ४५ मिनेटजति उनले इतिहासमा कम्युनिस्ट पार्टीको भूमिकालाई नै चर्चा गरे।

त्यसपछि एकताको विषयमा प्रवेश गरेका ओलीले पनि एकताको विकल्प नभएको बताए। एकता अनिवार्य रहेको तर्क गरे। 'हामीले अरु कसैलाई दोष लगाउने, कसैको टाउकोमा जिम्मेवारी हालेर उम्किने ठाउँ छैन', उनले भने, 'हामीले अब एकतालाई सफल पार्नेबाहेक अरु बाटो छैन।'

'हामी त्यो ठाउँमा पुगिसक्यौं, अब त मेरो जुत्ता मिलेन त्यसकारण लाउँदिन भन्ने ठाउँ छैन। अब त जुत्ता मिलेन भने खुट्टा तासतुस पारेर भए पनि मिलाउनुपर्छ। हामीले यो भएन र त्यो भएन भन्ने ठाउँ नै छैन', ओलीले भने।

उनले दुई वाम पार्टी ऐतिहासिक आवश्यकताको आधारमै एकता गर्न लागेको उल्लेख गरे। दुईवटै छिमेकीसँग पारस्पारिक लाभ र सहसम्बन्धको आधारमा सम्बन्ध बनाउने, सामाजिक सद्भाव र त्यसमा आधारित राष्ट्रिय हितको विषयमा पनि आफूहरुको एकता भएको ओलीले बताए। 'यत्तिकै हामी एकजुट भयौं भनेको होइन', उनले भने, 'यो मेलामा लगाएको मित होइन।'

उनले नीतिगत सहमतिहरु भएको, देशमा स्थिरता र शान्ति चाहिन्छ भन्ने कुरामा स्पष्ट र प्रतिबद्ध भएको र त्यसमा पनि एकता भएको उल्लेख गरे। उनले प्रश्न गरे– 'अब एकता हुन रोक्नुपर्ने कुनै कुरा छ?' उनले पनि निकट भविष्यमा एकता हुने आश्वस्त पार्न खोजे।

कसरी हुँदैछ एकता?

माओवादी अध्यक्ष प्रचण्डले बराबरीको हैसियतमा एकता हुनेबारे छलफल भइरहेको तर सहमति भने हुन नसकेको बुझिने दुईअर्थी वाक्यहरु बोले। उनले शनिबार भएको दुई अध्यक्षको छलफलबाट एकताको केही मोडालिटी खोजेको बताए। त्यसमा पनि उनले संगठनात्मक पाटोमात्रै बताउन खोजे। 'हामीले सम्मानजनक ढंगले एकता गर्नुपर्छ, कसैले कसैलाई 'ह्युमिलिएट' गर्ने, अपमानित गर्ने र विभेद गर्ने हुन सक्दैन, समानताको सिद्धान्तलाई पनि हामीले अंगिकार गर्नुपर्ने हुन्छ र तेस्रो न्यायोचित हिसाबले पनि हामीले एकता गर्नुपर्ने हुन्छ', प्रचण्डले भने।

ओलीले प्रचण्डले भनेका शब्दहरुलाई दोहोर्‍याए। तर, सहमति भइसकेको विषयलाई ओलीले पुष्टि गरेनन्। 'प्रचण्डजीले भन्नुभयो– असमानता, विभेद र अपमानको बीचमा एकता हुँदैन', ओलीले अमूर्त तर्क राखे, 'सम्मान, समानताकै आधारमा एकता हुने हो।'

एकता प्रक्रियामा पछिल्लो समय केही विषयले अवरोध ल्याइरहेको चर्चा दुवै पार्टीका नेताहरुले बताउने गरेका छन्। मुख्यगरी माओवादी जनयुद्ध, चुनाव चिह्न, संगठनमा सहभागिताको अनुपात र एकता महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष पदको सुनिश्चिता जस्ता विषयमा एमाले र माओवादीबीच कुरा मिलिसकेको छैन। तर, यस्ता विषयमा कस्ता प्रयास भइरहेका छन्? यसै विषयले ९ गते हुने भनिएको एकता प्रक्रिया रोकिएको हो भने अब त्यसले कसरी निकास पाउँछ र एकताको नयाँ मिति कुन हुन सक्छ भन्ने विषयमा दुवै अध्यक्षले संकेतसम्म गरेनन्। एकताको आधार प्रस्तुत गर्ने अपेक्षा गरिएको कार्यक्रममा आवश्यकता मात्रै प्रस्तुत गरियो। जुन असोज १७ देखियता आम नेता र कार्यकर्ताले दोहोर्‍याएका दोहोर्‍यायै छन्। त्यसैले आजको कार्यक्रमको विशिष्टता के थियो भन्ने नै प्रष्ट गर्न सकेनन्।

ओलीले आफूलाई विकास र समृद्धिको वाहकको रुपमा उभ्याउन खोजे। र एकता प्रक्रियालाई पनि त्यसैसँग जोड्न खोजे। जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न एकता आवश्यक रहेको उनले बताए। आन्तरिक छलफलमा भइरहेका प्रगतिलाई भन्दा पनि विकास र समृद्धिसँग एकताको संगति मिलाउन खोजे। उनले समृद्धि अभियान सुरु गर्नका लागि दुई पार्टी एकताको साइत पर्खिएको छनक दिन खोजे।

मुख्यतः दुवै नेताले देशको अहिलेको अवस्थाबाट माथि उठाउन र जनताको चाहनाहरु पूरा गर्न एकता आवश्यकता रहेको बताए।

एकता आवश्यकता छ भन्ने कुरा उपस्थित कार्यकर्ताका लागि नयाँ विषय होइन। तिनीहरुको मुख्य चासो पनि होइन। अब एमाले र माओवादी बीच एकता हुनुपर्ने कुरामा कुनै नयाँपन छैन। कार्यकर्ताहरुले एकताको 'ग्लु'हरु कसरी खोजिँदै छ भन्नेमा चासो राखेका थिए। त्यसमा कति प्रगति भएको छ? र, एकताको बिन्दु कति नजिक छ भन्ने चाहना थियो। जसलाई चित्तबुझ्दो जवाफ दुवै नेताले दिन सकेनन्।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
सम्बन्धित सामग्री
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको... मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्