• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'मिल्ने' र 'निल्ने' चरणमा प्रचण्डको ५० प्रतिशतको अस्त्र

64x64
नेपाल लाइभ सोमबार, चैत १९, २०७४  ०८:१९
1140x725

पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्रशिक्षणलाई अघिल्लो हप्ता राजधानीमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने– 'एकीकृत पार्टीको संगठन बनाउँदा ५०/५० प्रतिशत हुनुपर्छ। नभए एकता हुँदैन।'

त्यसपछि पनि प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि सोही आशय व्यक्त गरिसकेका छन्।

दुई पार्टीबीचको एकता प्रक्रियामा प्रचण्डको प्रस्ताव माओवादीको माथिल्लो हैसियतको दाबीसहित आएको छ। गत असोज १७ बाट सुरु भएको एकता प्रक्रियापछि प्रतिनिधि र प्रदेशसभा चुनावमा एमाले र माओवादीले ६० र ४० प्रतिशतको भागबण्डा गरेका थिए। तर, राष्ट्रियसभाको चुनावमा भने उनीहरुले ७० र ३० प्रतिशतको भागबण्डा गरे। दुई पार्टीबीच चुनावपछि ७ मध्ये ६ वटा प्रदेश र संघमा पनि विभिन्न पदमा बाँडफाँट भएका छन्। तर, ती कुनै बाँडफाँट पनि ५०/५० प्रतिशतमा आधारित छैन।

तर, एक्कासी माओवादीले ५० प्रतिशत मागेपछि प्रश्नहरु उब्जिएका छन्।

माओवादीसँग जोडिएकाहरुलाई मात्रै होइन, बाहिरकाले पनि सजिलै भन्न सक्ने कुरा के हो भने, यो एकता प्रक्रियामा माओवादीको हैसियत एमालेभन्दा कम नै हो। उनीहरुले जुन भागबण्डा गरेर चुनाव लडे र पदहरु बाँडेर लिए, त्यसले सो कुराको पुष्टि गर्छ। जुन किसिमले भागबण्डा गरेर चुनाव लडियो, परिणाम सोही अनुसार आयो। अर्थात्, एमाले र माओवादीको चुनावी परिणाम लगभग ७० र ३० को हाराहारीमा छ।

एकता प्रक्रियाको सुरुवातमा एमालेले प्रधानमन्त्री पाउँदा माओवादी अध्यक्ष प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने आम अनुमान थियो। तर, दुवै जना अध्यक्ष हुने सहमति भइसकेको छ। प्रधानमन्त्री आलोपालो हुने वा नहुने स्पष्ट छैन। माओवादीले हुनेजस्तो र एमालेले नहुनेजस्तो अभिव्यक्ति दिइरहेका छन्। अर्कोतर्फ, पार्टीको मार्गदर्शक सिद्धान्तमा पनि माओवादीभन्दा एमाले नै माथि देखिन्छ।

एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त 'मार्क्सवाद–लेनिनवाद' रहने उल्लेख छ। तर, एमालेले जनताको बहुदलीय जनवादलाई माथि पार्न खोजिरहेको छ। आन्तरिक बैठकमा जति तनाब 'जनताको बहुदलीय जनवाद'ले निम्त्याएको छ; माओवाद तथा एक्काइसौं शताब्दीको जनवादले छैन। गत फागुन ७ को ७ बुँदे सहमतिको चौथो बुँदाले दुवै पार्टीले अंगिकार गरेका सिद्धान्तलाई छलफलमा लैजाने स्पष्ट त पारेको छ। तर, तेस्रो बुँदामै जबजको मान्यताप्रति माओवादी पनि सहमत भएको उल्लेख छ।

त्यस्तै, अहिले पनि सांगठनिक संरचनामा माओवादीको हैसियत ३३ प्रतिशत जति हुने, चुनाव चिह्न सूर्य नै हुने लगायतका विषयलाई एमालेले दुई दलीय बैठकको प्रस्तावमा ल्याएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको एकता प्रक्रियामा त्यसले पनि अवरोध ल्याइरहेको छ। तर, माओवादीले ५० प्रतिशतबारे कार्यदलमा प्रस्ताव गरेको छैन। 'कार्यदलको बैठकमा माओवादीले बराबरीबारे कुनै प्रस्ताव ल्याएको छैन', कार्यदलका एमाले सदस्य बेदुराम भुसालले भने, 'छलफल पनि भएको छैन।'

यसबाट के बुझिन्छ भने, प्रचण्डले भाषणवाजी गरिरहेका छन्। कार्यदलमा प्रस्ताव लैजाने र सहमतिको प्रयास गर्नेभन्दा पनि सार्वजनिक कार्यक्रममा बोलिरहेका छन्। त्यसले कुनै प्रतिफल दिइरहेको छैन। जस्तो कि चुनावी नजिता आएको केही दिनपछि चितवनमा पत्रकारहरुसामु प्रचण्डले भने– 'पार्टी एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो गर्ने भद्र सहमति भएको छ।' अहिलेसम्म प्रधानमन्त्री आलोपालो हुने वा नहुने टुंगो छैन भने सहअध्यक्ष हुने सहमति भइसकेको छ।

'कार्यदलमा हाम्रो तर्फबाट बराबरीबारे प्रस्ताव गएको छैन', माओवादी नेता टोपबहादुर रायमाझीले भने।

प्रचण्डका विश्वास प्राप्त नेताहरुले ठाउँमा कुरा राख्नुभन्दा बाहिर हल्ला गरिरहेकाले पनि पार्टी एकतामा एमाले हाबी बन्दै गएको छ। 'आलोपालोको भद्र सहमति भनेर पनि उहाँहरुले हल्लामात्रै गर्नुभएको थियो', भुसालले भने, 'त्यसैले त्यो सम्भव भएन।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी अध्यक्ष प्रचण्डले आन्तरिक बैठकहरुमा भने पार्टी एकता सम्मानजनक रुपमा हुन गइरहेको छैन भन्ने गरेको नेताहरुले बताउने गरेका छन्। ठूलै किसिमले नभए पनि सानोतिनो असन्तुष्टि अन्य नेताले पनि राख्ने गरेका छन्। 

'आन्तरिक छलफलमा अध्यक्षले पनि सम्मानजनक एकता भइरहेको छैन भन्ने गर्नुहुन्छ', एकजना माओवादी नेताले भने, 'साथीहरुले पनि सानोतिनो असन्तुष्टि राख्ने गर्नुहुन्छ।'

'एकता प्रक्रियाबाट फर्किने ठाउँ छैन, पुल भत्काएर अघि बढिसकेका छौं' भनेका प्रचण्ड 'जस्तो पर्छ, टर्छ'को सूत्रमा मात्रै एकोहोरिएका छन् भन्ने होइन। एकता प्रक्रियामा आफूलाई प्रतिबद्ध देखाउन प्रयास गरेका थिए/छन् भन्ने अर्थ लगाउन सकिन्छ। तर, असन्तुष्टिलाई मूर्तरुप दिन कुनै रणनीतिक प्रयास पनि गरिरहेका छैनन्। यसर्थ प्रचण्ड न सन्तुष्ट भएर अगाडि बढ्न सक्ने, न असुन्तुष्टिलाई मूर्तरुप दिने अप्ठ्यारो मनोविज्ञानमा देखिन्छन्। उनमा देखिएको अप्ठ्यारोपन एकतापछिको हैसियतको अनुमानले निम्त्याएको हुनसक्छ।

चुनावी जीतपछि पार्टी एकताबाट माओवादीलाई पुग्ने फाइदा भनेको ठूलो पार्टीको सहअध्यक्ष बाहेक अन्य देखिएको छैन। एमालेसँग मिल्न गएको पार्टीलाई महाधिवेशनमार्फत सम्मानजनक हैसियत प्राप्त होला भन्ने कुनै निश्चित हुँदैन।

एमालेको चुस्त र प्रतिबद्ध संगठनले माओवादीको भद्रगोल संगठनलाई छायाँमा पार्नेछ। त्यतिबेला आफ्नो हैसियत के हुने भन्ने संशयले प्रचण्डलाई बिथोलेको हुन सक्छ। लामो समयसम्म पार्टीको अध्यक्ष रहेका र एकल निर्णयमा चलिरहेका नेतालाई एमालेभित्रको 'लोकतान्त्रिक' पद्धति र सहअध्यक्षको पदले खासै सुखानुभूति नदिने पूर्वाभास हुन सक्छ।

अहिले एकताको नाममा आफ्नो मात्रै व्यवस्थापन गर्दै गरेका प्रचण्डलाई भोलि एकीकृत पार्टीमा कसले साथ दिन्छ? माओवादीबाट गएकाले किन दिने? एमाले पृष्ठभूमिकाले किन दिने? प्रचण्डका पछिल्ला अभिव्यक्तिको सेरोफेरोमा यस्तै प्रश्नहरु जोडिएका हुनसक्छन्।

एकताबाट फर्किने अवस्था लगभग नरहेकाले प्रचण्डको चाहना एकीकृत पार्टीमा आफ्नो समीकरणलाई उल्लेखनीय बनाउन सकियोस् भन्नेमा केन्द्रित देखिन्छ। सायद प्रचण्डलाई पनि थाहा छ, माग्दैमा ५० प्रतिशत पाइने होइन। तर, माग्नु नै छ भने बढी किन नमाग्ने? कम्तिमा त्यसले ३० प्रतिशतमा झरिसकेको हैसियत ४० वा ४५ तिर उकाल्ने सम्भावना त रहन्छ।

चुनावमा केही प्रतिशत तलमाथि हुनु ठूलो कुरा नभए पनि पार्टी एकताकै कुरामा भने दलीय हैसियत हेरिने एकता कार्यदलमा रहेका एमाले नेता बेदुराम भुसाल बताउँछन्। 'त्योभन्दा अर्को विकल्प नै के हुन्छ ?' उनले प्रश्न गरे।

'संख्याको बराबरीमा चाहिँ एकता हुँदैन', भुसाल भन्छन्, 'एकता हुँदा कहिले पनि बराबरी भएको थिएन। माओवादीसँग मिल्न आएका पार्टीले बराबरी हैसियत पाएका थिए र?'

माओवादीका नेताहरु भने प्रचण्डको अभिव्यक्तिलाई नै गम्भीरतापूर्वक लिँदैनन्। तयारी र रणनीतिका साथ कुरा नउठ्नाले यस्तो भएको हुनसक्छ। 'सम्मानजनक होस् भन्ने कुरा हो', रायमाझीले भने, '५०, ६०, २०, ८० जस्ता किटानीको कुरा होइन।'

माओवादीले 'मिल्यौं' भन्न मिल्ने र एमालेले 'निल्यौं' भन्न मिल्ने अवस्थामा पार्टी एकताको प्रक्रियाले अन्तिम रुप पाउँदै थियो। तर, प्रचण्डको अभिव्यक्तिले यो प्रक्रियामा थप बहस सिर्जना गरिदिएको छ। अब 'मिल्ने–निल्ने' काम नै हुन्छ कि 'एकीकरण' नै हुन्छ, हेर्न बाँकी छ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०७४  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्