काठमाडौं– बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१. नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड’ले बढाए चुनाव लक्षित गतिविधि, यथास्थितिमा एमसीसी पारित नहुने दाबी, एमसीसीलाई देखाएर गठबन्धनमा एमालेले खेल्न खोजेको आरोप । (एमसीसीबारे 'प्रचण्ड’को दाबी)
२. पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु, ७० प्रतिशत नागरिकलाई पूर्ण खोप प्रदान गरेको भन्दै नेपाललाई डब्ल्यूएचओको बधाई । (नेपाललाई डब्ल्यूएचओको बधाई)
३. शंकास्पद कारोबारमाथि राष्ट्र बैंकको निगरानी, ७ लाख रुपैयाँभन्दा बढी कारोबार गर्नेको विवरण बुझाउन बैंकहरूलाई निर्देशन, गत साउन १ देखि पुस ३० गतेसम्मको विवरण माग । (राष्ट्र बैंकको निगरानी)
४. रुस-युक्रेन संकट : युरोपका कयौं देशमा सेना पठाउने अमेरिकाको निर्णय, करिब २ हजार सैनिकहरूलाई पोल्याण्ड र जर्मनी पठाइने, विनाशकारी कदम भएको रुसको प्रतिक्रिया । (रुस-युक्रेन संकट)
५. र, राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक तत्काल बोलाउन माग गरिएको ज्ञापनपत्र बुझ्न खेलकुदमन्त्रीले गरे अस्वीकार, परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउनुपर्नेमा जोड । (ज्ञापनपत्र बुझ्न खेलकुदमन्त्रीद्वारा अस्वीकार)