१. स्थानीय तहको निर्वाचन जेठ ४ मा गर्ने ‘सहमति’, बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने, निर्वाचन एकै चरणमा गर्ने गरी तयारी थाल्न आयोगलाई प्रधानमन्त्री देउवाको आग्रह। (स्थानीय तहको निर्वाचन जेठ ४ मा)
२. स्थानीय तहमा चुनावी तालमेल गर्ने/नगर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिने कांग्रेसको संकेत, संगठनमा कमजोर तथा कम मतदाता भएका ठाउँमा सहयोग गरेपनि महानगरहरुमा तालमेल नगर्ने सम्भावना। (कांग्रेसको संकेत)
३. प्रधानन्यायाधीश राणाका भाइको नाममा थप ३० करोड बराबरको घरजग्गा रहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी, परिवारका सदस्य, नातेदारका सम्बन्धमा समेत छानबिन गर्न माग। (सम्पत्ति शुद्धीकरण विभागमा उजुरी)
४. युक्रेनका विषयमा सुरक्षा परिषद् बैठकमा अमेरिका र रुसबीच चर्काचर्की, युक्रेनमा आक्रमण गरे निर्णायक कदम चाल्ने अमेरिकाको चेतावनी, धम्कीको सामना गर्ने रुसको प्रतिक्रिया, पछि नहट्ने दाबी। (अमेरिका र रुसबीच चर्काचकी)
५. र, १५ खेलाडीले अक्सनमा नाम दर्ता गराए पनि आईपीएल २०२२ को मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट, न्यूनतम मूल्य ४० लाख भारु। (आईपीएलको मेगा अक्सनमा सन्दीप)