काठमाडौं– सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१. एमसीसीका कारण सत्ता गठबन्धनमा मत विभाजन, गठबन्धनमै संकट सिर्जना गर्ने अवस्था आउन नदिन शीर्ष नेताहरु सक्रिय, एमसीसी संसद्मा टेबल हुनै नदिने लाइनमा प्रचण्ड । (सक्रिय प्रचण्ड)
२. पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु, शुक्रबारसम्म खोपको विवरण पठाउन सरकारको निर्देशन । (५ हजार २९२ जनामा कोरोना संक्रमण)
३. एमसीसी पास नगर्न आग्रह गर्दै सांसदहरुलाई भीम रावलले लेखे स्मृतिपत्र, संसद्बाट अनुमोदन गर्ने खेल भइरहेको दाबी, वर्तमान सरकारलाई एमसीसी पास गराउने जनादेश नभएको उल्लेख । (भीम रावलले लेखे स्मृतिपत्र)
४. क्यानडामा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा चर्कियो आन्दोलन, राजधानी सहर दोस्रो दिन पनि ठप्प, प्रधानमन्त्री जस्टिन ट्रुडोले परिवारसहित छाडे घर । (क्यानडामा चर्कियो आन्दोलन)
५. र, सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणका खेलहरू माघको अन्तिम साताबाट सुरु गर्ने एन्फाको तयारी, लिगमा करिब तीन साताको ब्रेकपछि माघ २७ बाट सुरु गरिने । (एन्फाको तयारी)