१. कोरोना संक्रमण कायमै रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को ठहर, विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन माघ महिनाभर बन्द राख्न सिफारिस । (माघ महिनाभर विद्यालय बन्द राख्न सिफारिस)
२. नागरिकता दिएकै भरमा २८ करोड राजश्व छलिको अभियोग लागेका उमाशंकर रायभरलाई सर्वोच्च अदालतको राहत , रकम दुरुपयोग गर्ने व्यक्ति अरु नै भएको ठहर गर्दै २५ हजारमात्र धरौटीमा रिहा गर्न आदेश । (सर्वोच्चद्वारा राहत )
३. स्थानीय तह निर्वाचनको मिति तोक्ने विषयमा गठवन्धनका विचमा मतभेद कायमै, वैशाखमै चुनाव गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवामाथि पार्टीभित्रबाट दबाब, शनिवार गठबन्धनको बैठक बस्दै ( स्थानीय निर्वाचनबारे गठबन्धनमा मतभेद कायमै )
४. रुसले युक्रेनमाथि गरिरहेको आक्रमण रोक्न अमेरिका र चीनबीच वार्ता , चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता, पश्चिमा देश र रुसबीच तनाव कायमै। (युक्रेनमाथिको तनाव कायमै)
५. र, टी–२० ग्लोबल छनोटको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने पक्का, उद्घाटन खेल फागुन ६ गते हुने (टी–२० ग्लोबल छनोटको तालिका सार्वजनिक)