काठमाडौं– बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१. २१ हजार ८०८ नमूना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै थपिए ३ हजार १४३ जना संक्रमित। (८ हजार १७ जनामा कोरोना संक्रमण)
२. क्रिप्टोकरेन्सीका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतको उन्मुक्ति, ७ वर्ष कैद र ४ करोड बिगो मागदाबी गरिएकालाई ३८ लाख मात्रै जरिवानाको फैसला। ( क्रिप्टोकरेन्सीका प्रतिवादीलाई अदालतको उन्मुक्ति)
३. अधिकांश वाणिज्य बैंकको आधार दर उकालो, एक वर्षमा औसत १.१४ प्रतिशतले महँगियो ऋण, एक वर्षको अन्तरालमा सबैभन्दा धेरै ब्याजदर बढाउने बैंकमा हिमालयन। (वाणिज्य बैंकको आधार दर उकालो)
४. युक्रेनलाई नेटोमा सहभागी हुनबाट रोक्न रुसले गरेको माग अमेरिकाद्वारा खारेज, नेटो जस्तो सुरक्षा गठबन्धनमा सहभागी हुने युक्रेनको सम्प्रभुता र अधिकार भएको अमेरिकाको तर्क। ( रुसको माग अमेरिकाद्वारा खारेज)
५. र, आर्मीलाई हराउँदै मनाङ पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश, मनाङले फाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने। (मनाङ फाइनलमा)