काठमाडौं– बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१. जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार, परिवारको संख्या २४ प्रतिशतले बढ्यो, विस्तृत तथ्यांक ६ महिनाभित्र आउने । (जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक)
२. प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको रिट सर्वोच्चद्वारा खारेज, समायोजन भएका कर्मचारीहरुको नीतिगत, कानुनी र व्यवस्थापकीय प्रवन्ध मिलाउन सरकारको नाममा निर्देशनात्मक आदेश जारी । (सर्वोच्चद्वारा निर्देशनात्मक आदेश जारी)
३. हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस विमानस्थलबाट बरामद, नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएका थिए डिभाइस, अनुसन्धानका लागि सीआईबीलाई जिम्मा । (क्रिप्टोकरेन्सी डिभाइस विमानस्थलबाट बरामद)
४. रुसले युक्रेनमाथि आक्रमण गरे राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको चेतावनी, ‘युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको’ रुसको आरोप । (युक्रेनमाथिको तनाव कायमै)
५. र, मरिससविरूद्व मैत्रीपूर्ण खेल खेल्न दुई फरक नेपाली टोलीको घोषणा, खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको अनुभव गराउनुपर्नेमा मुख्य प्रशिक्षक अल्मुताइरीको जोड, नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा रहेको प्रतिक्रिया । (मुख्य प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया)