१. थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुग्यो, काठमाडौं उपत्यकामा मात्रै थपिए ४ हजार ६७६ जना । (८२ हजार नाघे सक्रिय संक्रमित)
२. चौतर्फि आलोचनापछि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादवको ढाकछोप प्रयास, पूर्वाग्रह राखेर अपव्याख्या गरिएको तर्क, आफ्नो भनाइ कसैलाई उत्तेजित पार्न नभएको दाबी । ( आलोचनापछि मन्त्री यादवको ढाकछोप प्रयास)
३. सेयर बजारमा अस्वाभाविक गिरावट, नेप्से परिसूचक १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा ओर्लियो, आठ अर्ब ८८ करोड ८८ लाख बढीको कारोबार । (सेयर बजारमा अस्वाभाविक गिरावट)
४. अमेरिकाद्वारा युक्रेनस्थित आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश, युक्रेनमाथि रुसले हमला गर्ने विवरणहरू आएको अमेरिकी दाबी, रुसको खण्डन । (युक्रेन छाड्न अमेरिकाको आदेश)
५. र, नेपालविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि नेपाल आइपुग्यो अफ्रिकी राष्ट्र मरिससको टोली, साफका खेल हेरिरहेको र नेपाली टोली बलियो रहेको मरिससका मुख्य प्रशिक्षकको प्रतिक्रिया । (नेपाल आइपुग्यो मरिससको टोली)