१. स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा दृढ रहेको एमालेको भनाइ, पर धकेल्नु लोकतन्त्रको मर्ममाथि प्रहार भएको तर्क, रेणु यादवलाई पदमा राखिरहनु आपत्तिजनक रहेको प्रतिक्रिया । (एमालेको धारणा)
२. पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु, चिकित्सकमा कोरोना संक्रमण देखिएपछि टेकु अस्पतालको खोप कार्यक्रम स्थगित । (६ हजार ४६२ जनामा कोरोना संक्रमण )
३. महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन अदालतसम्मै ‘सेटिङ’, ‘मेरो जग्गा होइन’भन्दै दर्ता खारेजको निवेदन दिएकालाई नै अदालतले दिलाइदियो धनीपुर्जा । (सरकारी जग्गामा अदालतसम्मै ‘सेटिङ’)
४. कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोन संक्रमणबारे चीन र क्यानडाबीच विवाद सुरु, क्यानडाबाट पठाइएको संक्रमित चिठीबाट बेइजिङमा ओमिक्रोन प्रवेश गरेको चीनको दाबी । ( चीन र क्यानडाबीच विवाद)
५. र, माघ तेस्रो साताबाट गर्ने तयारीमा रहेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नहुने, बढ्दो कोरोना संक्रमणका कारण फागुनमा हुने भनिएको बी डिभिजन लिग पनि अनिश्चित। (फुटबलमा कोरोना असर)