१) अबको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ, कोभिड रोकथाम र नियन्त्रणका कार्यक्रम गर्दा अर्थतन्त्रलाई ध्यानमा राखिने, ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको दाबी । (प्रधानमन्त्रीको दाबी)
२) नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६५ हजार नाघ्यो, सबै प्रदेशका लागि १ करोड ३३ लाख पारासिटामोल पठाइयो । (सक्रिय संक्रमित ६५ हजार नाघे)
३) दुबईबाट ल्याएको सुन गायब बनाएको भन्दै सुन तस्करीमा संलग्न समूहले एक व्यक्तिलाई अपहरण गरी काठमाडौंमै चरम यातना दिएको खुलासा, अपहरणमा परेका व्यक्तिले दुई तलाबाट हाम्फालेर ज्यान जोगाए, तीन जना पक्राउ । (अर्को सुनकाण्ड बाहिरियो)
४) संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान, साप्ताहिक रूपमा २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रक्रियाको एक हिस्सा रहेको भनाइ । (अफगानिस्तानलाई सहयोग)
५) र, आईसीसी टी २० विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाले न्यूजिल्यान्डको सामना गर्ने, प्रतियोगिताको उद्घाटन खेलमा भने नामिबिया र श्रीलंका आमने सामने हुने । (अस्ट्रेलियाले न्यूजिल्यान्डको सामना गर्ने)