१) कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा, एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५४९ संक्रमित, उपत्यकामा निषेधको नयाँ आदेश जारी । (कोरोना संक्रमण अहिलेसम्मकै उच्च)
२) वैशाखमा स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धन सहमत, थप छलफल गर्न बिहीबार फेरि गठबन्धनको बैठक बस्ने, स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सक्ने । (सत्ता गठबन्धन सहमत)
३) सर्वोच्चका केही न्यायाधीश र मुख्य रजिष्ट्रारसहित ३१ जनामा कोरोना संक्रमण, बुधबारदेखि लागू हुनेगरि माघ १८ गतेसम्मका लागि सर्वोच्च अदालतको सेवामा कटौती । ( सर्वोच्चको सेवामा कटौती)
४) टोंगामा ३० वर्षपछि पृथ्वीकै सबैभन्दा ठूलो ज्वालामुखी विस्फोटन, सञ्चार सम्पर्क विच्छेदले क्षतिको विवरण आउन बाँकी, ज्वालामुखी विस्फोटनका कारण हजारौँ माइल टाढासम्म सुनामीका लहर । (टोंगामा ज्वालामुखी विस्फोटन)
५) र, एपीएफ पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश, त्रिभुवन आर्मी ४७ रनले पराजित, बुधबार हुने फाइनलमा पुलिसविरुद्ध खेल्ने । (एपीएफ र पुलिस आमने–सामने)