१. भारतसँगको सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न प्रतिबद्ध रहेको सरकारको भनाइ, ऐतिहासिक सन्धी सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न तयार रहेको उल्लेख । ( भारतसँगको सीमा विवादबारे सरकारको धारणा)
२. पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु, सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सकारको निर्णय । (४ हजार ९६१ जनामा कोरोना संक्रमण)
३. त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द, परीक्षा भने नरोकिने, प्रयोगात्मक कक्षा पनि भौतिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने । (पढाइ बन्द)
४. चीनमा हुन लागेको २०२२ को शीतकालीन ओलम्पिकमा खाना तयार गर्नेदेखि पस्किनेसम्मका सबै काम रोबोटले गर्ने, निर्धारित परिसरबाहिरबाट खानेकुरा डेलिभरि गर्न रोक । ( बेइजिङ ओलम्पिकमा रोबोटले खाना पकाएर दिने)
५. र, सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनको चोटबाट फर्किएको ब्रिगेडमाथि मछिन्द्रको एकलौटी जित, जितसँगै मछिन्द्रको शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता । (ब्रिगेडमाथि मछिन्द्रको एकलौटी जित)