१. कोरोना रोकथामलाई प्रभावकारी बनाउन एमालेद्वारा सरकारको ध्यानाकर्षण, कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हुन प्रधानमन्त्री देउवाको आग्रह । (एमालेद्वारा सरकारको ध्यानाकर्षण)
२. कोरोना संक्रमण दर बढ्दै, पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा संक्रमण पुष्टि, चार जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै दुई हजार २१९ जनामा संक्रमण । (कोरोना संक्रमण दर बढ्दै)
३. आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने वैदेशिक रोजगार कार्यालयको भनाइ, सूचना प्रविधिको अधिकतम उपयोग गरी सहजरूपमा सेवा प्रदान गर्न यस्तो व्यवस्था गरिएको उल्लेख । ( अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति)
४. बेइजिङ शीतकालीन ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी, चीनले लागू गरेको 'सर्किट ब्रेकर’का कारण अन्तर्राष्ट्रिय उडानहरूमध्ये एक तिहाइभन्दा बढी रद्द । ( अमेरिकाको तयारी)
५. र, सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनको दबाब झेलिरहेको फ्रेन्ड्समाथि आर्मीको सहज जित, जितसँगै ९ खेलबाट १७ अंक जोड्दै आर्मी तालिकाको तेस्रो स्थानमा उक्लियो । ( फ्रेन्ड्समाथि आर्मीको सहज जित )