१. सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्य मन्त्री बिरोध खतिवडाको भनाइ, आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने उल्लेख, स्वास्थ्यकर्मीको पद रिक्त भए तत्काल व्यवस्थापन गर्न निर्देशन । (सरकारले तत्काल लकडाउन नगर्ने)
२. बढेको बढ्यै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५५३ जना नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १ हजार ९१६ जनमा संक्रमण । (बढेको बढ्यै कोरोना संक्रमण)
३. चालु आर्थिक वर्षको मंसिर महिनामा ७ प्रतिशत नाघ्यो मूल्य वृद्धि, अघिल्लो वर्षको तुलनामा २.९३ प्रतिशत बढी, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत । (आकासियो मूल्य वृद्धि)
४. खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’भाइरस भएको डब्लुएचओको चेतावनी, ९० देश अझै ४० प्रतिशत र ३६ देशले १० प्रतिशतभन्दा कम नागरिकलाई खोप लगाएको उल्लेख। ( डब्लुएचओको चेतावनी)
५. र, च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण, जावलाखेलका आधा खेलाडीमा रूघाखोकी, ए डिभिजनका आगामी खेलमा सामाजिक दूरी कायम गरेर दर्शक राखिने। ( च्यासलका दुई खेलाडीलाई कोरोना)