१. ललितानिवासको ११३ रोपनी सरकारी जग्गा प्रकरण : विशेष अदालत काठमाडौंमा विचाराधीन भ्रष्टाचार मुद्दामा २ वर्षपछि अन्तिम सुनुवाइ गर्ने तयारी, फागुन १ देखि अन्तिम सुनुवाइ हुने । ( ललितानिवासको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ हुँदै)
२) दैनिक बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा संक्रमण पुष्टि, एकैदिन थपिए ३०७५ संक्रमित (बढ्दै कोरोना संक्रमण)
३. कानुन बमोजिम क्षतिपूर्ति दिएर ठेक्का रद्द गर्न सरकार स्वतन्त्र रहेको बतास अर्गनाइजेशनको भनाइ, उचित क्षतिपूर्तिसहित सम्पूर्ण सम्झौता खारेज गरेपनि कुनै आपत्ति नहुने स्पष्टोक्ति । (बतास अर्गनाइजेसनको धारणा)
४. ताजिकिस्तान र उज्वेकिस्तानलाई अफगानिस्तानको विमान र हेलिकोप्टर फिर्ता गर्न तालिबानको आग्रह, छिमेकीको तुलनामा कमजोर भए पनि डरपोक नभएको उल्लेख । ( तालिबानको आग्रह)
५. र, इन्डियन प्रियिमर लिग दुई नयाँ टोली अहमदाबाद र लखनउले पाए खेलाडी अनुबन्ध गर्न अनुमति, बढीमा तीनजना खेलाडीहरुलाई अनुबन्ध गर्न पाउने । ( खेलाडी अनुबन्ध गर्न अनुमति)