१. प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, संसद् खुलाउने विषयमा संवाद भएको उल्लेख, कुराकानी राम्रो भएको ओलीको प्रतिक्रिया । ( प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता)
२. संविधानमाथि पटकपटक आक्रमण भइरहेको पूर्वराष्ट्रपति रामवरण यादवको भनाइ, प्रधानमन्त्री र राष्ट्रपति मिलेर खत्तम गर्न खोजेको दाबी, अदालत र सदनको स्थितिप्रति चिन्ता व्यक्त । (पूर्वराष्ट्रपति यादवद्वारा चिन्ता व्यक्त)
३. अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप दिने सरकारको तयारी, माघको पहिलो सातादेखि खोप लगाइने । (‘बुस्टर डोज’दिने सरकारको तयारी)
४. कोरोना उपचारका लागि मेक्सिकोको मर्क कम्पनीको औषधिलाई आपातकालीन प्रयोगको अनुमति, यसको प्रयोगले अस्पतालमा भर्ना हुने र मृत्युको दरलाई ३० प्रतिशत कमि गर्ने दाबी । ( कोरोना उपचारमा मर्क कम्पनीको औषधिलाई अनुमति)
५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ र मछिन्द्रलाई ३ अंक, शीर्षस्थानमा रहेको मछिन्द्रलाई एक गोल उपहार, च्यासल र फ्रेन्ड्सलाई रेलिगेसनको दबाब । (मनाङ र मछिन्द्रलाई ३ अंक)