१. माओवादी केन्द्रको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक, एक हजार ७४२ मतादाताको नामावली प्रकाशित, १५ प्रतिशत दलित, ३५ प्रतिशत महिलासहितको केन्द्रीय समिति हुने । (माओवादी केन्द्रको निर्वाचन कार्यक्रम सार्वजनिक)
२. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत, मनोनीत हुनेमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिदेखि विजयकुमार गच्छदारसम्म । ( कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत)
३. शिक्षण संस्था गाभ्ने तयारीमा चिकित्सा शिक्षा आयोग, मापदण्ड तयार हुँदै, सबै विश्वविद्यालय, शिक्षण संस्था र सम्बद्ध सरोकारवालालाई पुस २२ भित्र राय सुझाव उपलब्ध गराउन अनुरोध । (चिकित्सा शिक्षा आयोगको तयारी)
४. भारतस्थित जम्मू कश्मिरको माता वैष्णोदेवी मन्दिर परिसरमा नयाँ वर्षको दिन भागदौड हुँदा १२ जनाको मृत्यु, २० जना घाइते, प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दु:ख व्यक्त । ( भागदौड हुँदा १२ जनाको मृत्यु)
५. र, ब्रिगेड ब्वाइजविरुद्ध जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लव सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा, एएफसी कप छनोटको सम्भावना जीवितै । (मनाङ शीर्ष स्थानमा)