१. प्रचण्डको प्रस्तावमा लेखनाथ न्यौपानेको फरक मत, ओलीको बा प्रवृत्तिको खण्डन गर्दा माओवादीमा अर्को रुपको बा प्रवृत्ति देखिएको टिप्पणी, २५ समूहको रिर्पोटिङ सकियो। (लेखनाथ न्यौपानेको फरक मत)
२. वैशाखमा एकै चरणमा निर्वाचन गर्दा संविधान उल्लंघन हुने संवैधानिक कानुनका जानकारको दाबी, संविधानको व्यवस्थाअनुसार पाँच वर्षको कार्यकाल पूर्णरूपमा चलाउन दिनुपर्ने उल्लेख। (संविधान मिच्ने हतारो)
३. २ करोड २९ लाखको चेक चोरी प्रकरणमा एसएसपी अशोक सिंहमाथि छानबिन गर्न टोली गठन, घटनामा एसएसपी सिंहको मिलेमतो रहेको उजुरीकर्ताको दाबी । (एसएसपी सिंहमाथि छानबिन गर्न समिति)
४. कोरोना संक्रमण बढेसँगै मुम्बईमा सार्वजनिक स्थलमा हुने जमघटमा रोक, ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठनको चेतावनी। (विश्व स्वास्थ्य संगठनको चेतावनी)
५. र, एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी दुवै भलिबल टोली स्वदेश फिर्ता, सुविधा सम्पन्न कभर्डहल आवश्यक भएको कप्तान अरुणा शाहीको प्रतिक्रिया, पुरुष टोलीलाई भने उपेक्षा । (भलिबल टोली स्वदेश फिर्ता)