१. प्रदेश १ का प्रतिनिधिले उठाए प्रचण्डको दस्तावेजमाथि प्रश्न, नेपाली समाजवादको मौलिक बाटोका विषयमा अस्पष्ट भएको उल्लेख, १० समूहको छलफल सकियो, बाँकीको भोलि । (प्रचण्डको दस्तावेजमाथि प्रश्न)
२. देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात, पहाडी राजमार्ग अवरुद्ध, नियमित उडान सञ्चालनमा समस्या, हिउँदे बालीलाई भने राहत । ( हवाई तथा सडक यातायात अवरुद्ध)
३. यातायात व्यवस्था विभागद्वारा सवारी चालक अनुमतिपत्र छपाइ सुरु, झन्डै सात लाख प्रति लाइसेन्स छाप्न बाँकी, तीन सिफ्टमा गरी दैनिक १० हजारप्रति कार्ड छाप्न सकिने । ( स्मार्ट लाइसेन्स छपाइ सुरु)
४. जोर्डनको संसद्मा सांसदहरुबीच नै कुटाकुट, लैंगिक समानतालगायत विषयमा भइरहेको बहस कुटाकुटमा परिणत भएपछि टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण, संशोधनबाट विधायिकाको खर्चमा राजाको शक्ति बढिरहेको विज्ञको दाबी । (जोर्डनको संसद्मा कुटाकुट)
५. र, म्यानचेस्टर सिटीका युवा फरवार्ड फेरान टोरेस स्पेनिस क्लब बार्सिलोनाममा अनुबन्धित, ५५ मिलियन पाउन्डमा भित्र्याएका टोरेस २०२७ सम्म बार्सिलोनामा रहने । (टोरेस बार्सिलोनामा अनुबन्धित)