१. आफ्नो उदारवादी कमजोरीका कारण ओलीले जाल बुन्ने अवसर पाएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आत्मस्वीकृति, अदालत, आयोग र संसद् सचिवालयलाई आरोप। (प्रचण्डको आत्मस्वीकृति)
२. नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता, इमान्दारिता हराएपछि ‘म’ बाट ‘बा’ आउने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको टिप्पणी। (माधव नेपालको टिप्पणी)
३. प्रचण्डको ‘बुझाइको एकरुपता’मा राम कार्कीको काउन्टर– दुईलाइन संघर्षले पार्टीलाई जीवन्त बनाउँने दाबी, संघीयता जनतालाई पीडा दिने ‘बुख्याँचा’ सावित हुनेमा कार्कीको ध्यानाकर्षण। ( प्रचण्डलाई राम कार्कीको काउन्टर)
४. इजरायलमा कोभिडविरुद्धको खोपको चौंथो डोजको परीक्षण सुरु, खोप ६० वर्ष माथिका र स्वास्थ्य कर्मचारीलाई दिइने, एकैदिन १ लाख जनामा संक्रमण देखिएपछि फ्रान्समा प्रतिबन्धको घोषणा। (इजरायलमा खोपको चौंथो डोजको परीक्षण)
५. र, नेपाली महिला भलिबल टोलीलाई एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि, उज्वेकिस्तान ३–२ को सेटमा पराजित, आगामी संस्करण माल्दिभ्समा हुने। (नेपाललाई उपाधि)