१. विद्रोह कि संविधान निर्माण भन्ने अन्योलले पार्टीलाई क्षति पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, ‘प्रचण्डको व्यक्तिगत सम्पत्ति जसरी प्रचण्डपथ स्थगन गर्नु गलत’रहेको स्वीकारोक्ति । (प्रचण्डको स्वीकारोक्ति)
२. (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा प्रस्तुत दस्तावेजमाथि छलफलका लागि २५ वटा समूह, प्रज्ञा भवनदेखि पार्टी प्यालेससम्म छलफल हुने, बुधबार निष्कर्षसहित प्रस्तुतीकरण गरिने। (२५ समूहमा छलफल गर्दै माओवादी)
३. हत्या, बलात्कार जस्ता जघन्य प्रकृतिका घटनामा कमी आएको प्रहरीको दाबी, डरलाग्दो गरि बढ्दै बैंकिङ कसुरका घटना, १०५ प्रतिशतले वृद्धि । (जघन्य अपराध घट्यो)
४. भारतको राजधानी नयाँ दिल्लीमा प्रभाव जमाएर बसेको आम आदमी पार्टी दिल्लीबाहिर पनि विस्तार, पञ्जावको चन्डीगढ नगरमा बन्यो ठूलो दल । ( दिल्लीबाहिर आम आदमी पार्टी)
५. र, बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा अपराजित रहँदै नेपाली महिला टोली फाइनलमा, उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने । (नेपाली महिला टोली फाइनलमा)