१. माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु, माओवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष, १५ पदाधिकारी राख्ने निर्णय, महाधिवेशनमा प्रचण्डले प्रस्तुत गर्ने दस्तावेज–‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’। ( माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु)
२. एमसीसीको विरोध गर्नेलाई एकचोटी पढ्न प्रधानमन्त्री देउवाको सुझाव, एमसीसीमा आफूले कतै राष्ट्रघाती नदेखेको तर्क, राजनीतिक पार्टीबीच अहिले एकता आवश्यक रहेको माधव नेपालको भनाइ। ( एमसीसी राष्ट्रघाती नरहेको देउवाको चुनौती)
३. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको माग गर्दै उजुरी दर्ता, राणाले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप । (प्रधानन्यायाधीश राणाविरुद्ध उजुरी)
४. अमेरिकी सर्च इञ्जिन गुगललाई उछिनेर चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटक पहिलो स्थानमा, हाल विश्वभर टिकटकका १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको अनुमान । (टिकटकलाई गुगललाई पछि पार्यो)
५. र, प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबलाई, प्रदेश १, ७ विकेटले पराजित, उपाधिसँगै एपीएफले पायो ५ लाख रुपैयाँ । (एपीएफले उचाल्यो उपाधि)