१. प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग दर्ता हुने वातावरण बन्दै गरेको बार एसोसिएसनका अध्यक्ष श्रेष्ठको दाबी, राणालाई महाअभियोग लगाएर भएपनि निकास दिन प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको सुझाव। (प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको सुझाव)
२. राष्ट्रिय रुपमै समझदारी बनाएर मात्रै एमसीसी सम्झौता अगाडि बढाउन सकिने प्रचण्डको भनाइ, एमसीसीमा सुधारको कोसिस गर्ने टिप्पणी, जबर्जस्ती गरियो भने अप्ठ्यारो स्थिति बन्ने चेतावनी । (एमसीसीबारे प्रचण्डको टिप्पणी)
३. 'बिकिनी किलर’को रुपमा कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी, ३ दिनभित्र जवाफ दिन सरकारका नाममा आदेश । (चार्ल्स सोभराजको मुद्दामा कारण देखाउ आदेश)
४. २०२२ मा ज्याला वृद्धि गर्न जापानी प्रधानमन्त्री फुमियो किशिदाको आह्वान, मजदुरी बढाएर सम्पत्ति बाँडफाँट गर्नु भनेको भविष्यमा लगानी गर्नु रहेको तर्क। (जापानी प्रधानमन्त्रीद्वारा ज्याला वृद्धि गर्न आह्वान)
५. र, एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीको पुनरागमन जित, श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै विजयी सुरुआत । (नेपाली महिला टोलीको पुनरागमन जित)